बुटवल,श्रावन १५। '
पढ्न गयो भने स्कुललाई
पैसा तिर्नुपर्छ, काम गर्न जाँदा पैसा कमाइन्छ, अनि के
स्कुल जानु?' संगीताले भनिन्। उनका बाबुआमा पनि यसै
भन्ने गर्छन्। १४ वर्षको उमेरमा बाबुआमाले बेहुली बनाएर
अन्माउँदासमेत उनलाई आफू पराइघर जाँदैछु
जस्तो लागेको थिएन।
कलिला युवतीको जिम्मेवारीमा परेको छ,
काखमा छोरो हुर्काउने। छोरो ६ महिना पुगिसक्यो।
उनका श्रीमान् अहिले १८ वर्षका भए, उनले पनि केवल दुई
कक्षासम्म पढेका छन्। उनी ज्यामी काम गर्छन्। आफन्तले
कतार
जानका लागि भिसा पठाइदेला भनी पर्खाइमा बसेका छन्
उनी।
यस्तै छ, सिन्धुपाल्चोक
मेलम्ची गाविसको माझगाँउका दनुवार जातिका अवस्था।
शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता अवसरबाट टाढा यस
जातिमा उमेर नपुगी विवाह गर्नु सामान्य हो भन्छिन्,
शर्मिला दनुवार। टिमिक्क शरीरमा टाँसिने गरी लगाएको बुट्टे
कुर्तामा अप्ठेरो लागे जस्तो गरी अलिकति शिर झुकाएर
बसेकी छिन् उनी, यस पंक्तिकारसँग कुरा गर्दा। उनलाई
छोरी र पेटको गर्भ सम्हाल्न हम्मे परेको छ । मात्रै १७
वर्षकी भइन् उनी। तर उनको काखमा १५
महिनाकी छोरी छिन्। अनि आठ महिनाको गर्भ छ, पेटमा।
शर्मिलाको बाबुआमाले विवाह गर्न कुनै दबाब दिएका हैनन्,
उनी आफैंले तीन वर्षअगाडि भागेर विवाह गरेकी हुन्।
पहिला स्कुल जान उनले मानिनन्। 'काम गरेर खाने केही इलम
छैन। घरमा बस्यो, खेतीपाती ग:यो,
बच्चा जन्मायो त्यति हो', अलि गम्भीर बन्दै उनले भनिन्।
परिवार नियोजनको साधन श्रीमान्ले लगाउन नदिँने र धेरै
छोराछोरी भएको हेर्न चाहने शर्मिलाले बताइन्।
उनका श्रीमान् इन्द्रावती नदीमा माछा मारेर समय
बिताउँछन्।
सुनिता दनुवारलाई सानै उमेरमा विवाह गरेकोमा पछुतो छ।
उनमा अर्को पछुतो छ, नपढेकोमा। १६ वर्षमा विवाह
गरेकी सुनिताले काठमाडौंमा यूकेजीसम्म अध्ययन गर्ने
अवसर पाएकी थिइन्। एकताका दाजुको साथ लागेर
काठमाडौं आएकी थिइन् उनी। दाजुले कोटेश्वरस्थित सनराइज
होम्समा बस्ने 'रेखा अन्टी' नाम गरेकी महिलाको घरमा काम
गर्न राखिदिए सुनितालाई। त्यहीँ बस्दा यूकेजीसम्म
अध्ययन गर्न भ्याएको बताउँछिन् सुनिता। उनले पनि आफैंले
रोजेर ट्रकका सहचालकसँग विवाह गरेकी हुन्। उनकी दुई
वर्षकी एक छोरी छिन्।

0 comments:
Post a Comment