खगेन्द्र कार्की कतार साउन १५ ।
इस्लामिक धर्मावलम्बीहरुको महान पर्व इदमा हुने बिदालाई सदुपयोग गर्दै कतार मा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्न इदको दोस्रो दिन कडा सुरक्षाका बीच ग्राण्ड मलस्थित वेष्ट इन्ड पार्क’को सभाहलमा आयोजित बहुप्रचारित मेघा कन्सर्ट’ विवादरहित बन्न सकेन । डिआईडी लिटिल मास्टर सिजन थ्रिको विजेता नेपाली छोरी तेरिया फौजा मगर आकर्षणको प्रमुख अतिथिले पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो कार्यक्रममा १३ हजार भन्दा बढी दर्शकको सहभागिता रहेको अनुमान गरिएको छ । दर्शकको उपस्थिति तथा सुरक्षाका दृष्टिले अत्यन्तै सफल रहेको तीन घण्टाको कार्यक्रममा सञ्चालनका निम्ति निराजन भण्डारी, भूमिराज ढकाल, नायक विष्णु कार्की, भानु शर्मा, कल्पना गुरुङ, देव तिमल्सिना, सोभिता सिंखडालगायतका सञ्चालकहरु हावी भएपछि सञ्चालन विधिमा देखिएका प्राविधिक त्रुटिसँगै उनीहरुको हाउभाउमा समय खर्चेपछि कार्यक्रमको बारेमा टिकाटिप्पणी आएका हुन् ।
कार्यक्रमको स्पोन्सर सीजीसी नोकिया मोबाइलका विषयमा दर्शकलाई प्रश्न सोध्ने र नोकिया बम्पर पुरस्कार प्रदान गर्ने घोषणा त गरियो तर त्यसको कार्यान्वयन नहुनुले पनि दर्शक दिर्घामा खल्लोपना देखाएको थियो । यद्यपि विगतको इतिहासलाई नियाल्ने हो भने कतारको भूमिमा श्रम गरिरहेका नेपाली समुदायलाई नेपाली चलचित्रको माध्यमबाट नियमित मनोरञ्जन प्रदान गर्दै नेपाली भाषा र संस्कृतिको विकास र प्रवद्र्धनका निम्ति बजार बिस्तार नै मूल उद्देश्य लिएर सास क्रिएसनको आयोजना तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चको पहिलो प्रस्तुति सांस्कृतिक कार्यक्रम मेघा कन्सर्टले आयोजकलाई भोलिका दिनमा आयोजना गरिने सांगीतिक कार्यक्रम तथा नेपाली चलचित्र प्रदर्शनका निम्ति मार्ग प्रशस्त गरेको छ । अब नेपाली दर्शकलाई सांगीतिक कार्यक्रम र नेपाली चलचित्र देखाउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने भन्ने आयोजकको कार्ययोजना कार्यान्वयन हुने वा नहुने भन्ने भोलिका दिनले देखाउनेछ । कार्यक्रममा प्रस्तुति देखाउँने कलाकारहरुमा सुगम पोखरेल, पशुपति शर्मा, सुनिता दुलाल, निरु खड्का, हास्य कलाकार हर्के हल्दार, निर्मली, गायिका सलोनी तथा निष्मा घिमिरे को बेजोड प्रस्तुति हुँदा हुँदै पनि हर्के हल्दार र हास्य कलाकार निर्मलीको बेजोड कमेडिलाई विदेशी भूमिमा परदेश र स्वदेशसँग जोडिएका पारिवारिक वा सामाजिक विषयवस्तु नै सुहाउने भन्दै कमेडीमा बढी ग्लामर्स देखिएकोमा अबदेखि कमेडियनहरुले विषयवस्तुमा सोच्नु पर्ने आवाजसमेत उठाएका थिए । कतारमा रहेर नेपाल कला र संस्कृतिको जगेर्नामा निरन्तर लागेका स्थानीय कलाकार, ब्याण्ड ग्रुपहरुलाई मेघा कन्सर्टमा प्रस्तुत गरिने उनीहरुको कलाले भोलिको भविष्यमा ठूलो सम्भावना दिने आशा बोकेका थिए । तर मेघा कन्सर्टले उनीहरुले चाहना र इच्छा समेत तुहाइदिएको छ । उनीहरुले आफ्ना प्रस्तुति देखाउन पाएनन् । आयोजक संस्था अन्तराष्ट्रिय नेपाली कलाकार मञ्चको तर्फबाट एउटा मात्र सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । राष्ट्रिय कलाकारले नै आफ्ना प्रस्तुतिहरु पूरा देखाउन नपाएर रुष्ट बनिरहेको अवस्थामा स्थानीय कलाकार गौण नै थिए । तर स्थानीय कलाकारको तयारी भने भव्य देखिएको थियो । कार्यक्रमका विशेष सहयोगीमा भानु शर्मा, अर्पणविक्रम खड्का, भुमिराज दाहाल, विक्रान्ति कार्की र होम कार्की रहेका छन् भने मिडिया पार्टनरमा गल्फ साप्ताहिक कान्तिपुर र प्रवास साप्ताहिक राजधानी रहेका छन् । यसैगरी एनएस इन्टरटेनमेन्ट मिडिया कोर्डिनेटर रहेको सो कार्यक्रमका अनलाईन मिडिया पार्टनरमा डिसी नेपाल डटकम, नेपालजापान डटकम गुल्मीटाइम्स डटकम लगायतका रहेका छन् । कार्यक्रममा सबै मिडियाकर्मीहरुलाई धन्यवाद दिइएको थियो । यसैगरी सो कार्यक्रममका सहयोगी संस्थाहरुमा नेपाली कला केन्द्र, संघर्ष ब्याण्ड, प्रवासी नेपाली सांस्कृतिक परिवार, सन्ध्या ग्रुप सांस्कृतिक विभाग, मितेरी फिल्मस्, आरम्भ नाट्य डबली, प्रवासी युवा एस सांस्कृतिक विभाग, द रेन्त ब्याण्ड,गुल्मी सेवा समाज लगायत कतारमा स्थापित विभिन्न सामाजिक संस्थाहरु थिए । यस कार्यक्रमको व्यवस्थापकमा भविन्द्र तामाब, मेघा प्रधान, प्रकाश थपलिया, आशिका श्रेष्ठ, फुजन बस्नेत, निराजन भण्डारी र विकास श्रेष्ठ थिए । कार्यक्रममा मिडिया कोर्डिनेटरको भूमिका एनएस इन्टरटेनमेन्टले निभाएको थियो । कार्यक्रमको प्रारम्भमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत संगीत कलाकार विरेन्द्र श्रेष्ठ लगायतका कलाकारले सामूहिक रुपमा प्रस्तुत गरेका थिए तर राष्ट्रिय गित भने गाइएन । यसैगरी सो कार्यक्रममा तेरियाको आमाको समेत सहभागिता रहेको थियो । यसैगरी मेघा कन्सर्ट सकिए लगत्तै तेरिया फौजा मगर लगायत कलाकारहरुलाई अन्तराष्ट्रिय नेपाली कलाकार मञ्चलगायत विभिन्न संस्थाहरुले सम्मान समेत गरिसकेका छन ।


.jpeg)

0 comments:
Post a Comment