आज नाग पन्चमी आज नाग को पुजा गर्ने दिन


शंकर खरेल ,भक्तपुर
नाग पंचमी श्रवण महिनाम शुक्ल पक्ष को पंचमी को दिन मनाइन्छ
आज नाग पन्चमी आज नाग को पुजा गर्ने दिन फुल अचेता दुबो दूध दहि ले पुजा गरिन्छ साथै घर को मुल ढोका मा नाग को फोटो टाशनि चलन छ देश बिदेस मा रहनु भएका बुवा आमा दाजु भाइ दिदी बैनी सम्पूर्ण लाई नाग पन्चमी को सुभ कामना साथै नाग देवता ले हामी सबै को मनोकामना पूरा गरून् ,जय नाग देवता ,आजैको दिन भक्तपुरमा रहेको चाँगुनारायण मन्दिर मा ठुलो मेला लाग्ने गर्दछ

. यो श्रद्धा व विश्वास को पर्व हो. नाग लाइ धारण गर्ने भगवान भोलेनाथ को पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्. ज्योतिष शास्त्र को अनुसार पंचमी तिथि का स्वामी नाग देवता हुन. पूर्ण श्रवण मास मा नाग पंचमी हुनु को कारण यो मास मा धरती खन्ने कार्य गरिदैन. त्यसैले यो दिन भूमि मा हलो जोत्नु , नींव खन्नु शुभ मानिदैन . भूमि मा नाग देवता को घर हुन्छ. भूमि ्खन्दा नागलाइ कष्ट हुने संभावना हुन्छ. नाग पंचमी मा उपवास विधि

नाग पंचमी मा नाग देवता को लागि व्रत राखिन्छ. ्यो व्रत मा पूरे दिन उपवास रहेर सूर्य अस्त भए पछि नाग देवता को पूजा को लागि खीर प्रसाद बनाउनु पर्दछ त्यो खीर लाइ सर्व प्रथम नाग देवता को मूर्ति अथवा शिव मंदिर मा गएर भोग लगाउनु पर्दछ , त्यस पछि त्यो खिर प्रसाद को रुप मा स्वयं ग्रहण गर्नु पर्दछ.. उपवास समाप्ति मा गरिने भोजन नुन वा फ़्राइ गरिएका कुनै पनि परिकारहरुको प्रयोग वर्जित छ. ्त्यो दिन उपवास सग संबन्धित सबै नियम को पालन गर्नुपर्दछ।. मुख्य द्वार मा नाग देवता को आकृ्ति पूजा - नाग पंचमी को दिन उपवासक आफ़्नो घरको ढोकामा गोबर ले पांच सिर भएको नाग को आकृ्ति बनाउदछ्न. गोबर पाइदैन भने रंगको प्रयोग पनि गर्न सकिन्छ. त्यस पछि नाग देवता लाइ दूध, दुर्वा, कुश, गन्ध, फूल, अक्षत, लड्डू सहित पूजा गरेर नाग स्त्रोत या निम्न मंत्र का जापगर्नु राम्रो हुन्छ। {. " ऊँ कुरुकुल्ये हुँ फट स्वाहा"}



हाम्रो नेपाल हाम्रो पौरख हाम्रो गौरब's photo.



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment