गुल्मीको वामीमा पहिलो पटक कोचिङ सेन्टर सञ्चालनमा ।।


कौरब खत्री वामी गुल्मी, श्राबण १।


गुल्मीको दास्रो व्यापारिक केन्द्र वामीटक्सार
बजारमा पहिलोपटक कोचिङ सेन्टर
सञ्चालनमा आएको छ ।
कोचिङ सेन्टरको आज एक कार्यक्रमकाबीच
उद्घाटन गरिएको छ ।कोचिङ सेन्टरका अध्यक्ष
सुदर्शन
शाक्यको अध्यक्षता रहेको कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय
विश्व विद्यालय
वामीकी सञ्चालिका ब्रह्मकुमारी सविताको प्रमुख
आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा बोल्दै महेन्द्र आदर्श उच्च
माध्यमिक विद्यालय वामीका शिक्षक सरोजराज
बौँद्धाचाय,सामुदायिक
रेडियो पुष्पाञ्जलीका कोषाध्यक्ष दिनेश खाति,
नमुना आत्म निर्भर आमा समुह वामीकी अध्यक्ष
सुमित्रा भण्डारी, युवा शिक्षा प्रेमी भोजराज
सापकोटा लगायतले ग्रामिण क्षेत्रमा शैक्षिक
संस्था स्थापना हुनु गौरवको कुरा रहेको भन्दै
यो संस्था नाफामुलक भन्दा पनि सेवामूलक
हुनुपर्नेमा जोड दिएका थिए ।त्यस्तै
सोही अवसरमै बोल्दै शिक्षित समाज भयो भने
समाज विकासको लागि सहज हुने भन्दै यस
संस्थाले शिक्षित समाज निर्माणको लागी कोशे
ढुङ्गा सावित हुन भन्दै
सफलताको शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी महेश प्रसाद
श्रेष्ठ,वामी कृषि सहकारी संस्थाका अध्यक्ष
प्रकाश काफ्ले,
लगायतको उपस्थिति रहेको थियो ।
कोचिङ सेन्टरका व्यवस्थापक विष्णु
चुँदालीको स्वागत मन्तव्य
रहेको कार्यक्रमको सञ्चालन सेन्टरका निर्देशक
कौरव खत्रीले गर्नुभएको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment