अनिल खत्री गुल्मी साउन १
गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा साउनभर
एक महिना सम्म लाग्ने मेला आज बाट सुरुहुदै छ ।
गुल्मीको सदरमुकाम तम्घास देखि २३ सय फिट
अग्लो शिरमा पर्ने
रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस
वर्षपनि एक महिने मेला सुरु भएको हो ।
बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर
ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक
प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा हुने
रेसुङ्गा संरक्षण समितीका सचिव
कुञ्जरमणी गौतमले जानकारी दिनुभयो । धार्मिक
स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत
छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग
प्यूठान , रुपन्देही कपिलवस्तु, लगायतका बिभिन्न
ठाउबाट श्रदालु भक्तजनहरु आउने गर्दछन ।
धार्मिक स्थल पोखरीमा नुहाउन आज
बिहानैदेखि घुइचो लागेको छ ।
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक
स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर
गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार
पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु
बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन
भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र
एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ ।
धार्मिक स्थल रेसुङ्गामा रहेको भ्युटावर बाट
बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।
गुल्मीको सदरमुकाम तम्घास बाट करिब ३०
मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न
सकिन्छ । केहि वर्ष पहिलेवाट
तपो भुमी रेसुङ्गामा सवारीका साधन
जानथालेका हुन । समितीले साउन भर लाग्ने
मेलामा ऐतेहासिक तपोभुमी रेसुङ्गामा आइ
पुजा आजा गरि पुनय लाभ लिनुहुन अनुरोध समेत
गरेको छ ।


0 comments:
Post a Comment