मलेसियामा कारको ठक्करवाट एक नेपालीको मृत्यु

२०७१ असार २८ गते 
रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियामा कारको ठक्करबाट एक नेपालीको ज्यान गएको छ । शुक्रबार राति भएको दुर्घटनामा सुनसरी जिल्ला घर भई वातुपहातमा रहेको एजीज इण्टप्राईजेजमा कार्यरत राजेश शाहको घटनास्थलमै ज्यान गएको हो ।
नियमित डिउटी सकेर राति करीव साढे ११ वजे तिर होस्टलमा फर्किरहेको अवस्थामा तिव्र गतिमा आएको कारले उनलाई ठक्कर दिएको थियो । शाह चार वर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसियामा आएका थिए ।
उनले शवलाई पोसमार्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । पोसमार्टम पश्चात शवलाई तत्कालै नेपाल पठाउने कम्पनीले तयारी गरिरहेको यमन रोक्काले जानकारी गराएका छन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment