टोपलाल अर्याल श्रावण २, गुल्मी । नेकपा एमालको ३ नम्बर क्षेत्रिय सम्पर्क मन्च काठकाण्डौले गुल्मीका ३ वटा नेतालाई सम्मान गर्ने भएको छ । यहि असार १९ गतेदेखि १४ दिन सम्म काठमाण्डौमा सम्पन्न नेकपा एमालेको नवौ महाधिवेशनबाट बिजय ३ नेतालाई सम्मान गर्न लागिएको मन्चले जनाएको छ । नवौ महादिवेशनमा सवैभन्दा बढि मत ल्याएर बिजय हुने गुल्मी क्षेत्र नं ३ का सभासद गोकर्ण बिष्ट, दोस्रो मतले बिजयी गुल्मी क्षेत्र नं २ का पुर्व सभासद प्रदिप ज्ञवाली तथा महिलामा सवैभन्दा धेरै र सबैमा तेस्रो स्थानमा मत प्राप्त गरि विजय भएकी पुर्व अनेरास्वावियू केन्द्रिय अध्यक्ष तथा एमाले नेतृ रामकुमारी झाँक्रीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । नवनिर्वाचित एमाले उपमहासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यता रहने कार्यक्रममा नेकपा एमाले गुल्मीका कार्यबहाक अध्यक्ष मधुकृष्ण पन्त लगायतका नेता कार्यक्रर्ताको सहभागिता रहने सम्पर्क मन्चका अध्यक्ष खिमराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम काडमाण्डौको ल क्याम्पसमा हुने पनि अधिकारीले जानकारी दिनुभयो । नवौ महाधिवेशनमा सचिव पदमा निर्वाचित गोकर्ण बिष्टले १ हजार २ सय ७०, प्रदिप ज्ञवालीले १ हजार १ सय ६६ र केन्द्रिय सदयमा १ हजार १ सय ४८ मत ल्याएर रामकुमारी झाँक्री बिजय हुनुभएको थियो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment