मालपोत कार्यालय गुल्मीमा लक्ष्य भन्दा बढि राजस्व

प्रेम सुनार गुल्मी, साउन २ ।   जिल्ला मालपोत कार्यलय गुल्मीले २०७० देखि २०७१ को असार सम्म लक्ष्य भन्दा झण्डै ३७ लाख राजस्व संकलन गर्न सफल भएको छ । सो कार्यालयका सुचना अधिकृत गोकर्ण मरासीनीले दिएको जानकारी अनुसार पालपोत कार्यालयले ३६ लाख ३९ हजार बढि राजस्व संकलन गर्न सफल भएको छ । जिल्ला मालपोत अधिकृत रामचन्द अर्यालद्धारा जारी प्रेश विज्ञप्तीमा उसले असार मशान्त सम्म घर जग्गा रजिष्टेशनबाट १ करोड १० लाख ७० हजार राजस्व लक्ष्य निर्धारण गरेकोमा १ करोड ४७ लाख ८ हजार ९ सय ७० रुपैया राजस्व असुली भएको छ ।  उक्त बढि रकम ५ हजार ३ सय थान लिखित रजिष्टेशनबाट प्राप्त भएको मालपोत अधिकृत अर्यालले बताए । गत आर्थिक वर्षमा सेवा शुल्क मार्फत १६ लाख २६ हजार ७ सय ९५ रुपैयाँ राजश्व संकलन भएको छ ।  त्यस्तै रोक्का दस्तुरमा २ लाख ५ सय ८५ रुपैयाँ, बिक्री तर्फ ९५ हजनर ७ सय ५० र पुजीगत  लाभाकर तर्फ ५ लाख ६७ हजार ५ सय रानस्व संकलन भएको छ । गत आर्थिक वर्षमा महिला  र दलित जग्गा गत तर्फ धनि १ हजार २ सय ३९ जना थप भएका छन्  । जसले गर्दा महिला र दलितहरुले रजिष्टेशन तर्फ २८ लाख रुपैयाँ छुट पाएका छन् । मालपोत अधिकृत अर्यालले दिएको जानकारी अनुसार जग्गा  दर्ता, संशोधन , हकसफा, समेतबाट कुल १ हजार ८ सय ७२ निवेदन मिसिलहरु मध्ये १ हजार ३ सय १ थान पर्छौट गरिएको छ । सेवाग्राही संग मुस्कान सहितको सेवा प्रवाह गर्न सुशासन ईकाईको गठन गरिएकोले गुनासा र सुझाव संकलन  गरिदै आएको मालपोत अधिकृत रामचन्द्र अर्यालले बताए ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment