कांग्रेसमा नयाँ उत्तराधिकारीको उदय, कोइराला परिवार र कांग्रेसमा खैलाबैला

२०७१ भदौ ९ गते 

९ भदौ, काठमाडौं । करिब ७० वर्षदेखि नेपाली राजनीतिमा प्रभाव राख्दै आएको कोइराला परिवारमा तेस्रो पुस्ताका दुई नयाँ पात्र शक्तिशाली बनेका छन् । यीमध्ये वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला चाँडै नै कांग्रेसको नेतृत्वमा बंश परम्परा धान्नेगरी स्थापित हुँदैछन् । अर्की पात्र मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाको नेपथ्यकी सत्ता सञ्चालकका रुपमा उदाएकी छन् । पछिल्ला यी घटनाक्रमले कोइराला परिवार र सिंगो कांग्रेसमै खैलाबैला मच्चिएको छ ।
दुई पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका र दुई पटक नै संविधानसभा सदस्यमा निर्वाचित भइसकेका वीपीका कान्छा छोरा सशांक कोइरालाले अब कोइराला परिवारको उत्तराधिकारी बन्ने लगभग निश्चित भएको छ । शेखर, सुजाता र सशांकमध्ये कांग्रेसलाई हाँक्नका लागि सशांक नै उपयुक्त देखिएपछि उनलाई चाँडै नै १३ औं महाधिवेशनअघि नै महामन्त्री बनाएर नेतृत्वको अभ्यास गराउने खेल सुरु भएको छ । वीपी कोइरालाको विरासतसमेत रहेकाले सशांकलाई वंश राजनीतिको मियो बनाउन लागिएको बालुवाटार स्रोतले जनाएको साँघु साप्ताहिकमा खबर छ ।
त्यसो त पाटी सभापति एवम प्रधानमन्त्री सुशील कोइराला पनि शेखर र सुजातालाई भन्दा सशांकलाई नै बढी विश्वास गर्छन् । वीपी जेल परेका बेला सशांकलाई हुर्काउने र रेखदेख गर्ने कामसमेत सुशीलले नै गरेको सम्झने कोइराला परिवारका सदस्यहरु उनको रोजाइमा सशांक पर्नलाई आश्चर्य मान्दैनन् । सुशीलले यसबीचमा परिवारमा छलफल गरी आफूबाट पार नलाग्ने भन्दै सशांकलाई कमाण्ड सम्हाल्न संकेत गरिसकेका छन् । कार्यकर्ताको भरोसा सशांकप्रति रहेकाले सुशील उनलाई अघि सार्न बाध्य भएको बताइन्छ । महामन्त्री कृष्ण सिटौलालाई हटाएर सशांकलाई ल्याउने विषयमा पनि कांग्रेस वृत्तमा छलफल हुन थालेको छ ।
त्यस्तै प्रधानमन्त्री कोइरालाको किचन क्याबिनेटकी प्रमुख सदस्य मृदुला कोइराला भित्रिएपछि उनको भूमिकालाई लिएर कांग्रेस र कोइराला परिवारमै पनि विभिन्न टिप्पणी भइरहेका छन् । यद्यपी मृदुला नियत खराब नभएकी महिलाका रुपमा सहकर्मीहरुमाझ चिनिन्छिन् ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment