९ भदौ, काठमाडौ । गत आर्थिक वर्षमा नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०/७१ मा पाँच खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो । जुन आर्थिक वर्षको बजेट भन्दा २६ अर्ब बढी हो । गत आवमा नेपालको बजेट पाँच खर्ब १७ अर्ब २४ करोड थियो ।
केन्द्रीय बैंकका अनुसार नेपाली रुपैंयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने पनि निरन्तर बढेकोले रेमिट्यान्स बढ्दै गएको अन्नपूर्ण पोष्टमा खबर छ । आव २०६९/७० मा चार खर्ब २५ अर्ब ९० करोड रेमिट्यान्स भित्रिएको थियो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल भित्रिने रेमिट्यान्समा सुस्तता आउने बताउँदै गर्दा विप्रेषण आप्रवाह आव ०६९/७० को २०.९ प्रतिशत वृद्धिको तुलनामा आव २०७०/७१ मा २५ प्रतिशतले वृद्धि भएको हो ।
यसैगरी अमेरिकी डलरमा भने विप्रेषण आय अघिललो वर्षको ११.७ प्रतिशत वृद्धिको तुलनामा गत आवमा १२.३ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ ।
रेमिट्यान्स भित्रिने क्रम बढ्दै गर्दा त्यसको असर समग्र सोधनान्तर स्थितिमा पनि परेको छ । राष्ट्र बैंकका अनुसार २०७१/७२ मा समग्र सोधनान्तर स्थितिमा एक खर्ब २७ अर्ब १३ करोडले बचतमा छ । २०६९/७० मा शोधनान्तर बचत ६८ अर्ब ९४ करोड थियो ।

0 comments:
Post a Comment