आमाले पैसा नदिएको झोकमा पुलबाट हामफालेर आत्महत्या

२०७१ भदौ ४ गते 
४ भदौ, पर्वत । कुश्मा-ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक युवाले आत्महत्या गरेका छन् । पर्वतको ठूलीपोखरी गाविस-५ 

झाँक्रीखोलाका १८ वर्षीय प्रताप सापकोटाले बुधबार बिहान पुलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

घरबाट कुश्मा जान्छु भनी हिँडेका सापकोटाले कुश्मा-ज्ञादी झोलुङगे पुलको छेवैमा रहेको एक होटलमा चुरोट पिएपछि लगत्तै पुलमा 

पुगेर हाम फालेको प्रत्यक्षदर्शीले जानकारी दिए ।
पा
रिवारिक स्रोतका अनुसार उनले बिहान सदरमुकाम जान्छु भनी आमासँग १० हजार मागेका र आमाले आफूसँग पैसा नभएको 

भनेपछि रिसाउँदै घरबाट निस्किएका थिए ।

मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । रासस





Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment