४ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदबाट राष्ट्रपति अनुमोदनको विषय छाड्न दलहरुलाई आहृवान गर्नु भएको छ ।
सत्ता साझेदार एमालेले सातबुँदे सहमति अनुसार राष्ट्रपति संसदबाट अनुमोदन हुनु पर्ने माग गरेकोप्रति संकेत गर्दै कोइरालाले भने-’पहिले संविधान बनाऔं । २/४ महिनाको कुरा छ । त्यसपछि प्रधानमन्त्री, सभामुख, राष्ट्रपति सबैले छोड्छु भनेकै छन । किन राष्ट्रपतिको अनुमोदनको विषय ल्याउने ?’
बुधबार सिंहदरबारमा सचिवहरुलाई संवोधन गर्ने क्रममा कोइरालो संविधानमा भएको प्रावधानलाई मिचेर समस्याको समाधान नआउने बताए । उनले भने-’चाँडै संविधान ल्याएर मुलुकलाई अगाडि बढाउन लागौं । म भविष्यप्रति असाध्यै आशावादी छु ।’
0 comments:
Post a Comment