गत: अगस्त १८ तारिक को दिन श्री रमेश कोईराला को बिबाह स्कटल्याण्डका दिलाराम गैरे कि सुपुत्री को साथमा सम्पन्न गराउने क्रममा मित्रहरू रामशरण सिम्खदा,थानेस्वर शप्कोता,यामलाल,रमेश बस्याल ,तिर्थ कंडेल ,राज कुमार थापा ,ॐ थापा ,गाउले अनि सहपाठी मित्र गोपाल थापा लगायत थुप्रै साथीहरू अनि परिबार को साथमा भलकुशरी गर्दै नौमती बाजा गुल्मी यु के को मनोरञ्जनात्मक बाद्यबजन ले भरपुर आनन्द को अनुभुति भयो।
हुन त सामाजिक कार्यक्रम अनि बिबाह मा गुल्मेली बाजा नोतिङ्हम मा नबजेका होइनन् तर बाजा सहित जन्त जादाको रोनक अलि फरक नै हुनेरहेछ कहिलेकाही आफुलाइ फुर्सदि,लो बनायेर नौमती बाजा मा झुम्न पाउदा को आनन्द को अनुभुती छुट्टै हुनेरहेछ ।
ब्राद्फोड देखी स्कटल्याण्ड को ग्लस्गो शहर मा पुगि बिबाह मा सम्मीलित हुदा बालबालिकादेखि वृद्ध तथा युवा युवती हरु बाजा को ताल अनि गित मा झुम्मियेको देख्दा औधी आनन्द आयेको थियो।
धन्यवाद गुल्मी जिल्ला बाजा समूह अनि बेउला अनि बेउली परिबार जस्ले हमिहरुलाइ प्रदेश को भुमी मा पनि आफ्नै गाउँ देश अनि सामाजिक संस्कृति लाई झल्काउने र मनोरञ्जन गर्ने अवशर दिनु भयो।
नवबिबाहित दम्पती को दाम्पत्य जीवन को सफलताको कामना गर्दै स्कटल्याण्ड साथै वरपर रहनुभयेका सम्पुर्ण साथी भाइ मा अबिस्मरनिय याद हमेसा रहिरहोश । सुभकामन ।।।। wami dalka ko pooja / रमेश कोइराला को बिबाह:
0 comments:
Post a Comment