९ भदौ, काठमाडौं । स्वामी भन्दै ठगी गरेको आरोपमा प्रहरीले विजय भण्डारीलाई पक्राउ गरेको छ ।
उनले सर्वसाधारणहरुलाई हिन्दु धर्मको प्रचार प्रसारको लागी अमेरिका पठाई दिन्छु भनि मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाई ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भदौ ७ गते एयरपोर्टबाट पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी परिसरसमा राखिएको छ । उनविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी दरखास्त गरेको छ ।
0 comments:
Post a Comment