वैस्टनको आठौं विजेता वनिन् अर्घाखाँचीकी राधिका

 
 
प्रेम सुनार
गुल्मी, साउन–२९ । रेमिटेन्स सेवाका लागि विश्वमैं अग्रणी स्थानमा रहेको वेस्टन युनियनको ‘साप्ताहिक पैसा दोव्वर’ योजनाको आठौं पुरस्कारको विजेता बनेकी छन्  अर्घाखाँचीकी   राधिका  दमाई् ।
   त्यस युनियनको २० औं वार्षिक उत्सवका अवसरबाट सुरु गरिएको उक्त योजनाको आठौं पुरस्कार देशभरबाटै लक्की ड्र मा परेकी  अर्घाखाँची डिभर्ना –९ की राधिकाले शाईन रेसुङ्गा विकास बैंक सन्धीखर्क शाखाबाट आफ्ना छोराले पठाएको रकम बरावर हाता पारेकी हुन् ।
   सो बैंकका शाखा प्रवन्धक दिपक पोखरेलका अनुसार राधिकाका छोरा दिलिप परियारले गत साता मलेशियाबाट वैस्टन युनियन मार्फत २९ हजार  ८ सय  १२ रुपैयाँ ५१ पैसा पठाएका थिए । त्यति नै रकम उनले पुरस्कार प्राप्त गरेकी हुन् ।
   २० हप्ता सम्म प्रति हप्ता बढिमा ५० हजार सम्म  दिईने उक्त पुरस्कार पैसा पठाएको कोड नम्वरबाट लक्की ड्र गरिने प्रवन्धक पोखरेल बताउँछन् । वेस्टन युनियन अन्तराष्ट्रिय मनि ट्रान्सफरको सेवा प्रयोग गर्ने जो कोही नेपाली नागरिक १८ वर्ष माथीको हुनु पर्ने बताईएको छ ।
   युनियनले लक्की ड्र गरिएको दिन जसलाई पर्छ उसलाई फोन वा एस.एम. एस. मार्फत जानकारी दिई पुरस्कार लिन वोलाउने गर्दछ । यस योजनाको अव १२ हप्ता बाँकी छ । यस योजनाका लागि कुल पुरस्कार रकम १० लाख रुपैयाँ छुट्टाएको वेस्टन युनियनले जनाएको छ ।
  तस्वीरः आठौं विजेता राधिकालाई पुरस्कार प्रदान गर्दै शाईन रेसुङ्गा विकास बैंक सन्धीखर्क शाखा प्रवन्धक दिपक पोखरेल,  साथमा सो बैंकका कर्जा शाखा प्रमुख विनोद न्यौपाने


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment