प्रेम सुनार
गुल्मी, साउन–२९ । टाँठा बाठाहरु वस्ने स्थानका मोटर वाटाहरु खन्न सुरु गरे पछि धमाधम रकम पर्छ र छिट्टै सकिन्छ तर सोझा साझी वस्ने स्थानमा कुनै निकायको दृष्टी पुग्दैन र खनेको बाटो पनि जिर्ण हुन्छ । त्यसको ज्वालन्त उदाहरण हेर्न धेरै टढा जानु पर्दैन् अहिले नगर पालिका घोषित सदरमुकाम तम्घास कै एक सडक हेरे पुगि हाल्छ ।
सविकको तम्घास गाविस बडा नम्वर– ९ र हालको रेसुङ्गा नगर पालिका–७ मा पर्ने बुट्टाकुरी गाउँका दलितहरुले गाउँमा मोटर लैजान जम्मा तिन किलो मिटर बाटो खन्न सुरु गरेको सात वर्ष भयो तर अझै सम्पन्न हुन सकेको छैन् । सदरमुकाम तम्घास देखि सो वडाको जन्तेढुङ्गा सिस्न्यार आँपठुटा सम्म मोटरबाटो पुगेको छ त्यहाँ देखि माथी करिव डेढ किलो मिटर बाटो खन्ने रकम अभावका कारण त्यहाँका जनताले मोटरबाटो सुविधा पाउन नसकेका हुन् ।
‘सुरुमा त्यहाँका दलित , गैह्र दलितहरु मिलेर छेडाई पोखरी बुट्टकुरी काभ्रारुखा भुतेपानी मोटरबाटो नामकरण गरी खन्न सुरु गरेका हौं’–‘ तत्कालिन उपभोक्ता समितिका सचिव कृष्ण नेपालीले भने –‘अहिले त्यस्तै डेढा किलो मिटर खनिएको छ त्यति नै खन्न बाँकी रहेको छ । ’
सुरुको वर्ष तत्कालिन तम्घास गाविसले तिस हजार छुट्टायो । अर्को पटक ४० हजार विनियोजन ग¥यो ।
‘ पछि ६० हजार प¥यो, कुल १ लाख ३० हजारमा जन श्रमदान सहित डेढ किलो मिटर जति खनेका छौं’– समितिका अध्यक्ष शेरबहादुर नेपालीले भने–‘ त्यस पछि सम्वन्धीत निकयाबाट वास्तै नहुँदा अलपत्र रहेको छ । ’कृष्ण नेपालीका अनुसार खनिएको उक्त सडक समेत अहिले पहिरो गएर जिर्ण बनेको छ ।
‘पटक पटक गाविस र हालै सम्पन्न रेसुङ्गा नगर पालिकाको प्रथम नगर परिषदमा समेत रकम पारी दिन यहाँका सवै राजनैतिक दलहरुलाई आग्राह गरियो’– नेपालीले भने–‘ कतैबाट सुनुवाई भएन् ।’ उनका अनुसार बुट्टाकुरी गाउँमा १७ घर दलित र ८ घर गैह्र दलित वसोवास गर्दछन् ।
करिव ५ लाख रकम हुने हो भने मोटरबाटो सुविधा पाउने थियौं भन्छन् स्थानियवासी । मोटरबाटो सुविधा नहुँदा त्यहाँका कृषकहरुले डोकोमा तरकारी वेच्न सदरमुकाम आउने गर्दछन् । त्यहाँबाट झण्डै डेढ घण्टाको बाटो हिडेर त्यहाँका विद्यार्थीहरु सदरमुकाम तम्घास पढ्न आउन बाध्य छन् । उक्त बुट्टकुरी गाउँ र सिस्न्यारा गाउँलाई विकासको दृष्टीले गुल्मीको अग्लुङ्ग भन्दा दुर्गम गाउँ भन्दै आएका छन् त्यहाँका समाज सेवीहरुले ।
0 comments:
Post a Comment