जीवन होस् त नायक श्रीकृष्ण श्रेष्ठको जस्तो । बोन क्यान्सर भएका श्रीकृष्ण श्रेष्ठले कसैगरी मृत्युलाई जित्न सक्ने अवस्था थिएन । धेरैले श्रीकृष्णले रोगी भएर पनि विवाह गरेको भन्दै दु:ख मनाउ गरेको सुनियो । सत्य पनि यहि हो । यत्ति हो, यति चाँडै यस्तो घटना घट्ला भन्ने न स्वेताले सोचेकी थिइन्, न श्रीकृष्णले न त हामी जस्ता शुभचिन्तकले नै । तैपनि श्रीकृष्ण स्वेतालाई धेरै कुरा दिए । गुमेको कुरामा पश्च्यताप गर्नुभन्दा स्वेताले श्रीकृष्णबाट के पाइन्, त्यसको लेखाजोखा गर्नु राम्रो हुन्छ ।
एक
श्रीकृष्णको संगत गर्नुअघि स्वेता काठमाडौंकी सामान्य युवती थिइन् । उनी पढेलेखा र सुन्दर त थिइन् तर उनको कुनै नाम थिएन । उनको केही व्यापार गर्ने योजना थियो । कहिलेकाहिँ विदेश गएर पढ्ने र उतै सेटलमेन्ट हुने इच्छा पनि गर्थिन् । जसै श्रीकृष्ण उनको जीवनमा आए, उनी नायिका भइन् । एक साधारण युवती श्रीकृष्णको संगतले रातारात स्टार बनिन् । यसले उनको व्यापार गर्ने र विदेश जाने सपना एक झमटमै पुरा भयो । उनले श्रीकृष्णसँगै मिलेर व्यवशाय सुरु गरिन्, उनका व्यवशायिक कमीकमजोरीलाई पनि श्रीकृष्णको स्टर भ्यालुले घटाउन मद्दत गर्यो ।
दुई
एउटी युवती जीवनमा के चाहन्छे ? महिलासँग धेरै कुराकानी गरेको आधारमा भन्न सक्छु, उ सबैभन्दा बढि प्रेमी वा श्रीमान्बाट माया चाहन्छे । त्यसपछि आर्थिक सुरक्षा चाहन्छे । सबैभन्दा ठूलो कुरा श्रीमान्का कारण समाजमा आफ्नो इज्जत बढोस् भन्ने चाहन्छे । श्रीकृष्ण असल मान्छे थिए यसमा विवाद छैन । त्यो भन्दा बढि उनी मायालु थिए । विवाहअघि नै एउटा साथीका रुपमा र एक वर्षअघि प्रेमीका रुपमा उनले स्वेतालाई जति दिन सक्थे, दिएका थिए । उनको प्रेममा स्वेता यति विवस भइन् कि रोगी केटो भन्ने जान्दा जान्दै पनि उनले विवाह गरिन् । प्रेम विनाको लामो वैवाहिक जीवन भन्दा प्रेमसहितको छोटो जीवन कता हो कता राम्रो । स्वेता श्रीकृष्णले थोरै समयमा दिएको धेरै माया सम्झेरै जीवन कटाउन सक्छिन् ।
तीन
कोहिनुर चलचित्र उनीहरु प्रेमी–प्रेमीका हुँदा दुवैको लगानीमा बनेको चलचित्र थियो । दुवैले पैसा हालेका थिए । अचानक उनको मृत्युले उक्त चलचित्रलाई दर्शकले यति धेरै माया गरे कि नेपाली चलचित्रका पुराना सबै रेकर्ड यसले तोड्दैछ । आउँदो शुक्रवार उनी सेतो पहिरनामा चलचित्र हेर्न जाँदैछिन् । यसले थप कति दर्शक रुदै हलमा जाने हुन्, यसको अनुमान अहिल्यै गर्न सकिन्छ । भनिन्छ, यो चलचित्रले स्वेताको हातमा कम्तिमा ३ करोड हाल्दैछ, यो आँकडा ५ करोडसम्म पुग्ने अनुमान छ । जादाजादै श्रीकृष्णले स्वेताको जीवनभरी पुग्ने पैसा केवल एउटै चलचित्रबाट कमाइदिए ।
चार
पैसा भन्दा ठूलो कुरा मान्छे कमाउनु हो । आजभोली स्वेता श्रीकृष्णलाई भन्दा उनका श्रीमान्लाई हेर्न दर्शकको हुल आएको देखेर रुन थालेकी छिन् । मृत्यु शास्वत छ, तर यो स्तरको मलामी पाउने नेपाली सेलिब्रेटी निकै कम छन् । यो पनि स्वेताका लागि गौरवको कुरा हो ।
अब रुन छाड स्वेता, तिमीले श्रीमान् त गुमायौ तर गौरव गर्ने धेरै कुरा पायौ । यस्तो सौभाग्य धेरै कम महिलालाई प्राप्त हुन्छ ।

0 comments:
Post a Comment