प्रेम सुनार
गुल्मी, भदौ–१४ । ढिलो गरी प्राप्त समाचार अनुसार वाग्लुङ्गमा तीजको दिन राती श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेको खुलेको छ । भदौं १२ गते राती करिव १२ वजेको समयमा वोवाङ्ग– ८ का छविलाल बिकले आफ्नी ३३ वर्षिया श्रीमति निमु बिकलाई वञ्चरो प्रहार गरी हत्या गरेको ढोरपाटन प्रहरी चौकीले खुलासा गरेको हो ।
श्रीमति हत्याका अभियोगी बिकलाई प्रहरीले प्रयोग भएको बञ्चरो सहित पक्राउ गरेको वुर्तिवाङ्गका पत्रकार शान्ति छन्त्यालले जानकारी दिईन् । निजले मदिराको उन्मादमा घरयासी झगडा निकालेर बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । स्मरण रहोस् तीजको अघिल्लो दिन रुकुममा पनि माईत जान हिडेकी श्रीमतिालाई आफ्नै श्रीमानले घाँटी थिचेर हत्या गरी भिरबाट फालेका थिए ।
भदौ ११ गते रुकुमको गयराला–४ की २७ वर्षिया आफ्नी श्रीमति विमला ओलीलाई घाँटी थिचेर भिरबाट फाल्ने निजका हत्यारा श्रीमान अजित ओलीलाई जिल्ला प्रहरी कार्यालय रुकुमले नियन्त्रणमा लिई कार्वाही अगाडी बढाएको जनाईएका छ ।
चाड पर्वको वेला मदिरा सेवनको उन्मादमा सामन्य झगडामा समेत यस्ता अप्रिय घटनाहरु हुने भएकोले सवै सजग रहन जरुरी देखिएको छ । दुर्भाग्यको कुरा महिलाहरुको महान चाड तीजमा समेत महिला हिंसा र हत्या नरोकिनु चिन्ताको विषय बनेको छ । दिन प्रति दिन बढ्दै गएको महिला हिंसाले अधिकार कर्मीहरुलाई समेत चुनौती थपिएको छ ।
0 comments:
Post a Comment