अनिल खत्री गुल्मी भदौ १४ ÷
हरेक वर्ष अगष्ट ३० तारिखका दीन मनाईने अन्तराष्ट्रिय वेपत्ता नागरिक दिवसको अवसरमा ०७१ भदै १४ गते मैन वत्ती प्रज्वलन गरी बेलुन उडाउने कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिको कार्यालय, गुल्मी र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीको आयोजनामा वेपत्ता नागरिकको स्थीती सार्वजनिक गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ती एवं वेपत्तापार्ने कार्यमा संलग्न पक्षलाई जिम्मेवार बनाई न्याय तथा परिपुरणको व्यबस्था गर्न माग गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रेडक्रसका केन्द्रीय उपाध्यक्ष शशी पन्थीले वेपत्ता पारिएका व्यक्तीका परिवारलाई तँपाहरुको समस्यामा हामी पनि संगै छौं भनि अनुभुती गराउन र राज्यलाई जिम्मेवार हुन प्रेरित गर्न कायृक्रमले टेवा दिने धारणा राखे ।
मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कृयाशिल संघ संस्था एवं सञ्चारकर्मीहरुले वेपत्ता पारिएका, हत्या गरिएका अंग भंग भएका विस्तापित लगायतका पीडित र पीडितका परिवारले न्यय र परिपुरणको प्राप्त नगरे सम्म द्वन्द्वको औपचारिक समाधान भएको मान्न नसकिने भन्दै राज्यले यस क्षेत्रमा गंभिरता पूर्वक काम नगरेको बताए ।
रेडक्रस सोसाईटी गुल्मीका उपाध्यक्ष अननतराम पौडेलको अध्यक्षता, इन्सेक प्रतिनिधि नरेश भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका सचिव शोमनाथ सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष अनिल खत्री, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य प्रेम सुनार, प्रेस चौतारिका सचिव शिवलाल सुवेदी लगायतको सहभागिता भयो ।
गुल्मी जिल्लामा विगत १० वर्षे द्वन्द्वका क्रममा पाँच जना राज्य पक्षबाट चार जना विद्रोहि पक्षबाट वेपत्ता पारिएका छन् भने एक जनालाई कसले वेपत्ता पा¥यो भन्ने खुल्न सकेको छैन ।
यसरी वेपत्ता पारिनेहरुमा धुर्कोट रजस्थल–२ का विष्णु बस्नेत, अर्खाबाङ्ग– ४ का गुन्जबहादुर केसी, घमिर–७ की देउकी विक, वस्तु–१ का झोजबहादुर मुखिया, हाडहाडे–६ का जीतबहादुर घर्ती, तम्घास–६ का नवराज पन्थी, दुविचौर–२ का इन्द्रबहादुर घर्ती, फोक्सिङ्ग–४ का प्रेमबहादुर विक, ग्वादी–४ का विमल ज्ञवाली र बलेटक्सार–३ का केशवराज ज्ञवाली रहेका छन् ।
नरेश भण्डारी
फोटो क्यापसन ः १ ः– अन्तराष्ट्रिय वेपत्ता नागरिक दिवस २०१४ को अवसरमा इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय, गुल्मी र रेडक्रस सोसाईटी गुल्मीको आयोजनामा ०७१ भदौ १४ गते तम्घासमा सम्पन्न मैन वत्ती प्रज्वलन तथा बेलुन उडाउने कार्यक्रममा वेलुन उडाउदै रेडक्रसका केन्द्रीय उपाध्यक्ष शशी पन्थी फोटो ः अनिल खत्री
फोटो क्यापसन ः २ ः– अन्तराष्ट्रिय वेपत्ता नागरिक दिवस २०१४ को अवसरमा इन्सेक जिल्ला प्रतिनिधिको कार्यालय, गुल्मी र रेडक्रस सोसाईटी गुल्मीको आयोजनामा ०७१ भदौ १४ गते तम्घासमा सम्पन्न मैन वत्ती प्रज्वलन तथा बेलुन उडाउने कार्यक्रममा सहगातीता जनाउँदै मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कृयाशिल संघ संस्थाका प्रतिनिधिहरु ।
फोटोः अनिल खत्री
0 comments:
Post a Comment