अपराधिक घटनामा बालबालिकाको प्रयोग

२०७१ साउन १९ गते ६:२० मा प्रकाशित

१९ साउन, विराटनगर । पूर्वाञ्चलका विभिन्न आपराधिक घटनामा १८ वर्षमुनिका बालबालिकाको संलग्नता बढ्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार आपराधिक घटनामा बालबालिकाको संलग्नता चार वर्षयता डरलाग्दो रुपमा बढिरहेको हो । ज्यान मार्ने उद्योग, चोरी, जबर्जस्ती करणी, सार्वजनिक अपराध, लागूऔषध, हातहतियार खरखजनालगायत घटनामा बालबालिकाको संलग्नता रहने गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनामा संलग्नमध्ये बालकको संख्या बढी छ । अन्तर्राष्ट्रिय कानुन अनुसार १८ वर्ष मुनिकालाई बालबालिका भनिन्छ ।
ऋपराधमा संलग्नमध्ये अधिकांश १४ वर्षमाथिका छन् । आर्थिक वर्ष २०७०/०७१ मा मात्र पुर्वाञ्चलमा दुईसय ७८ वटा अपराधिक घटनामा चार सय ४० जना बालबालिका संलग्न रहेको तथ्यांक पूर्व क्षेत्रीय प्रहरी कार्यालयसँग रहेको अन्नपूर्ण पोस्टमा खबर छ । तीमध्ये तीन सय ७७ बालक र ६२ बालिका छन् । यो संख्या २०६९/०७० को भन्दा एक सय ४८ ले बढी हो । २०६९/७० मा दुई सय ९२ बालबालिका अपराधमा संलग्न थिए ।
पूर्वका १६ जिल्लामध्ये तेह्रथुमबाहेक १५ जिल्ला भएका अपराधमा बालबालिकाको संलग्नता भएको पाइएको हो ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment