थोत्रा लुगा चढाएर देवताको पूजा

२०७१ साउन १९ गते ५:५५ मा प्रकाशित

१९ साउन, काठमाडौं । भगवानको पूजा गर्दा अगरबत्ती बालिन्छ । फूल र अक्षता चढाएर पूजा प्राथना गरिन्छ वा पुरोहित लगाएर पाठ गराइन्छ । तर मोरङको बबियाविर्ताको एक मन्दिरमा भने अनौठो परम्परा छ । त्यहाँ देवता खुसी पार्न थोत्रा लुगा (थाङ्ना)हरु चढाउँदै आएको छ ।
वर्षौभयो बबियाविर्ता-३ भुलुवा मंगलबारेका बासिन्दाले देउता खुसी पार्न रुखमा थोत्रा लुगाका थाङ्नाहरु चढाउने गर्दछन् । उनीहरुले समाजमा कुनै पनि अनिष्ट नहोस भनेर बर्षौदेखि रुखमा थात्रा लुगा चढाएर चिताएको पुर्‍याउन आफ्ना ‘देउता भलुवा राजा’ लाई आग्रह गर्ने गरेको गोरखापत्रमा खबर छ ।
‘भलुवा राजा भनेको छय्यास्छय्यास्ती देउता हुन्, त्यसैले हामी केही सामाजिक कार्य गर्नुभन्दा अगाडि पहिले थोत्रा लुगा चढाएर भलुवा राजाको पूजा गछौं, स्थानीयबासी विजय पासवानले बताए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment