ताइवानमा ग्यास विष्फोटमा २४ को मृत्यु, २ सय ७० जना घाइते (फोटोफिचरसहित) तस्वीरः एजेन्सी |


शुक्रबार 16 साउन, 2071
काठमाडौं, श्रावण १६ । ताइवानमा ग्यास विष्फोटमा परी २४ जनाको मृत्यु भएको छ । श्रृंखलाबद्ध विष्फोट हुँदा दक्षिणी ताइवानको काओसिउगमा अरु दुई सय ७० जना घाइते भएका छन् ।
ग्यास लिक हुनुको खास कारण पत्तो लाग्न नसकेपनि पाइप फुटेर दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । विष्फोटबाट घर र सडकहरुमा ठूलो क्षति पुगेको छ । दर्जनौं घाइतलाई अस्पताल पुर्‍याइएको छ ।
विष्फोट भयानक भएकाले तत्कालै नियन्त्रण गर्न गाह्रो परेको उद्धारकर्मीहरुले जनाएका छन् । चार जना अग्नी नियन्त्रकहरुकै पनि मृत्यु भएको छ ।
घटनास्थलनजिक रहेका विद्यालय र अरु भवनहरुबाट मानिसहरुलाई उद्धार गरिएको छ । सयौं सैनिक र उद्धारकर्मीहरु उद्धारमा जुटेका छन् । (एजेन्सी)






Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment