प्रेम सुनार
गुल्मी, साउन–१६ । वैदेशिक रोजगारका लागि झण्डै डेढ महिना अघि दुवई पुगेका सय जना भन्दा बढि नेपाली अलपत्र परेका छन् । गुल्मीको घमिरका राजन विश्वकर्मा सहित १ सय ३८ जना नेपाली स्वदेशबाट पठाउने म्यान पावर कम्पनीले भने अनुसारको काम त्यहाँ नदिए पछि अलपत्र परेको बताए ।
त्यहाँबाट घमिरका विश्वकर्माले आफुहरु काम नपाउँदा न खान न विस्तरा भएर वस्नु परेको पिडा पोखे । ग्राण्ड शिखर ओभरसिज म्यान पावर कम्पनी लाजिम्पाट काण्ठमाण्डौंले क्लिनर भिषामा जनही एक लाख लिएर दुवईको ब्ीत्ब्ल्ःथ्ब्ज् क्भ्च्ख्क्ष्ऋभ् कम्पनीमा क्लिनरको भिसामा आफुहरुलाई पठाए पनि उक्त काम नदिएर अर्कै काम गरे गर नत्र जाउ भनेकोले आफुहरु ३९ दिन देखि अलपत्र परेको पिडित नेपालीहरुले बताए ।
अलपत्र पर्नेहरुमा बिश्वकर्मा सहित थुप्रै गुल्मेली, अर्घाखाँची र बाग्लुङ्गका युवाहरु रहेको उनिहरुले बताए । क्लिनर काम र राम्रो तलवको प्रलोभन देखाएर त्यहाँ पुराईएका नेपालीहरुलाई उक्त कम्पनीले कन्ट्याकमा अन्य कष्टकर काम र कम तलव दिने भने पछि आफुहरु सञ्चार माध्यम मार्फत सम्वन्धीत निकायको ध्यानकृष्ट गराउन बाध्य भएको बताए । यस सम्वन्धमा उनिहरुलाई पठाउने ग्राण्ड शिखर ओभरसिजका प्रमुख संग सम्पर्क राख्दा उनका सहयोगीहरुले सम्पर्क गराउन चाहेनन् । अलपत्र नेपालीहरु कहिले खाने कहिले भोकै सुत्ने गरेको बताउँदै त्यहाँ रहेका नेपालीहरुसंग सहयोगको अपिल समेत गरेका छन् ।


0 comments:
Post a Comment