प्रेम सुनार
गुल्मी, साउन–१६ । नेपाल सरकार कृषि विकास मन्त्रालयद्धारा सञ्चालन भएको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट ) ले गुल्मी जिल्लाका कृषकहरुलाई वजार उन्मुख कृषिमा जोड दिएको छ ।
सो आयोजनाद्धार सदरमुकाम तम्घासमा आयोजित पुरक लघु अनुदान सम्वन्धी जानकारीमुलक गोष्टीमा उसले यस्तो कुरामा जोड दिएको हो । आयोजनाका काठमाण्डौस्थित नोडल अधिकृत राजेन्द्र यादवले उक्त आयोजनाबाट आव्हान गरिएको लघु अनुदान कार्यक्रमवारे प्रकाश पार्दै कृषकहरुले आफ्नो उत्पादनलाई वजारमुखी नगराए सम्म सरकार र दातृ निकायले अपेक्षा गरे अनुरुप कृषकको उन्नती नहुने ठोकुवा गरे ।
नाफामुलक तथा वजार उन्मुख उत्पादनमा संलग्न समुह , सहकारीलाई सहयोग साथै कृषि व्यवसायमा समन्व्य बृद्धि गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको उनले बताए । उनका अनुसार नेपाल सरकार र विश्व बैंकको अनुदानमा देशका ७५ वटै जिल्लामा सञ्चालन भएको व्यवसायिक कृषि तथा व्यापार आयोजनाले सरकारी निकायमा दर्ता भएका कृषि समुह र सहकारी संस्थालाई मात्र आयोजनाले अनुदान दिने छ ।
सामुहिक खेती वा पशुपालन गर्न चाहने कृषकहरुले ९ जनाको समुह बनाएर कृषि विकास कार्यालयमा आफुले गर्ने व्यवसायको अवधारण पत्र सहित पेश गरे छनौट गरेर दुई लाख सम्म अनुदान दिने छ । एक समुहले एउटा मात्रै व्यवसायका लागि अवधारण पत्र पेश गर्नु पर्ने छ ।
कार्यक्रममा जिल्लाका विभिन्न गाविसबाट आएका अगुवा कृषक र जिल्लाका सरोकारवाला विच खुल्ला सत्रमा अन्तरकृया समेत भएको थियो । गोष्ठीको पुर्व सन्ध्यामा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले जिल्लाको कृषि क्षेत्रको वस्तु स्थितिबारे जानकारी गराएका थिए । त्यस्तौ जिल्ला पशु सेवा कार्यालयका वरिष्ट चिकित्सक डाक्टर गौरीमान श्रेष्ठले यहाँको पशुपालन सम्वन्धी वस्तुस्थितिबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिको प्रमुख आथिथ्यता थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ट, नेकपा एमालेका सचिवालय सदस्य शेषकान्त गौतम, एकिकृत नेकपा माओवादीकी उपाध्यक्ष उमा बि.क., राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, नेकपा–माओवादीका अध्यक्ष विरबहादुर कार्की लगायतका राजनैतिक दलका प्रमुख प्रतिनिधीहरुको विशेष आथित्यता थियो ।
गोष्ठीमा जिल्लाका तिन वटै क्षेत्रका सहकारी संस्था र कृषक समुहको प्रतिनिधीत्व हुने गरी सहभागि बनाईएको थियो । स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वालि संरक्षण अधिकृत पर्शुराम अधिकारीको सञ्चालन रहेको थियो ।


0 comments:
Post a Comment