२५ साउन, काठमाडौं । सरकारले सुनकोशी बाढी पीडितका नाममा विभिन्न संस्था र व्यक्तिले राहत तथा चन्दा संकलन नगर्न आग्रह गरेको छ ।
केन्द्रीय दैवी प्रकोप उद्धार समितिको आइतबार बसेको आकस्मिक बैठकले सहयोग गर्न चाहनेहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नाममा नेपाल राष्ट्र बैंकमा रहेको खाना नं ०५७०००६४०५०१ जम्मा गर्न भनेको छ । साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोष जिल्ला दैवी प्रकोप उद्धार कोष सिन्धुपाल्चोकममा बैंक ड्राफ्टमार्फत पठाउन आग्रह गरेको छ ।
बैठकले पहिरोका कारण भएको धनजनको क्षतिको मूल्यांकनसहितको विवरण र पुनःस्थापनाका लागि देवी प्रकोप उद्धार ऐन अनुसार कार्यक्षेत्र तोकी एकीकृतयोजना २१ दिन भित्र पेश गर्न शहरी विकास मन्त्रीको संयोजकच्वमा उपसमिति गठन गरेको छ ।
पहिरोका कारण आफन्त गुमाएका र वैकल्पिक व्यवस्था नभएका बृद्धबृद्धा तथा बालबालिकालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जिम्मा लिइ आवश्यक व्यवथा मिलाउने निर्णय गरेको छ । बालबालिकाको पठन पाठनको व्यवस्था शिक्षा मन्त्रालयले लिने गृह मन्त्रालयले जनाएको छ ।
अरनिको राजमार्ग खुलाउन वा वैकल्पिक मार्ग खोली यातायात सुचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा टोली गठन भएको छ । गृह, स्थानीय विकास मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि रहने उक्त टोलीले बाटो खुलाउन जुनसकै निकायबाट श्रोत साधन पाउनेछ ।
बैठकले पहिरोले नदी थुनिएर बनेको तालको पानीको निसका लागि सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशनालय प्रमुखको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिव, विज्ञसहितको टोली गठन गरेको छ । टोलीले आवश्यक परे भारत र चीनसहितका देशबाट सहयोगको माग गरी गृह मन्त्रालयमा प्रस्ताव पेश गर्ने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


0 comments:
Post a Comment