प्रेम सुनार
गुल्मी, भदौं–६ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षका कारण गुल्मीको एक विद्यालयका शिक्षक गत एक वर्ष देखि तलव विहिन भएर पढाउँदै आएका छन् । कोरेङ्ग निम्न माध्यामिक विद्यालय तल्लो कोरेङ्ग खडगकोटका शिक्षक कविराज ढकाल एक वर्ष देखि तलव विहिन भएका हुन् । २०७० साल साउन २१ गते तुङ्गतोलाकोट प्राथामिक विद्यालयय खड्गकोटबाट सरुवा भई आएका उनलाई व्यवस्थापन समितिका अध्यक्ष सुवेदार घनाश्याम ढकालले सहमति न दिए पछि तलव विहिन हुनु परेको हो ।
‘दुबै विद्यालयको सहमति लिएर जिल्ला शिक्षा कार्यालयले सरुवा गर्नु पर्नेमा नलिई ग¥यो ’–अध्यक्ष ढकालले भने–‘अर्को विद्यालयबाट पनि उहाँले रवाना नलिई आउनु भयो यसर्थ मैले हाँजिर गराउन चाहिन, उहाँ आफै हाँजिर भएर पढाउँदै आउनु भएको छ ।’ अध्यक्ष ढकालले आफु शिक्षा नियमावालीमा टेकेर शिक्षक ढकाललाई त्यस विद्यायलबाट तलव खुवाउन नसकेको जिकिर गरे । उता शिक्षक ढकालले आफुलाई अध्यक्षले राजनैतिक प्रतिशोध साँधेर अन्याय गरेको बताए ।
सदरमुकामबाट १३ कोष दुरीमा पर्ने खड्गकोट गाविसबाट आफु धेरै पटक जिल्ला शिक्षा कार्यालयमा धाउँदा ५० हजार भन्दा बढि खर्च भएको तर पनि आफुले तलव खान नपाएको उनको गुनासो छ । प्रा.वि. द्धृतिय तहका उनले गत एक वर्षमा कुल २ लाख ९९ हजार ९ सय ३४ रुपैयाँ तलव खाना नपाएको बताए । ८ वर्ष सम्म अश्थाई र २२ वर्ष देखि स्थाई शिक्षक रहेका ढकालले गत फागुनमा अघिल्लो विद्यालयबाट रवाना लिएर आउँदा समेत तलव नपाएको दुखेसो गरे ।
यस सम्वन्धमा प्रधानध्यापक पुर्षोतम ढकालले समेत अध्यक्षबाट उनि माथी अन्याय भएको बताए । ‘जेठको अन्तिम तिर व्यवस्थापन समितिले ढकाललाई तलव खुवाउने निर्णय गर्दा समेत उहाँले हस्ताक्षर गर्न मान्नु भएको छैन्’– प्रधानध्यापक ढकालले भने –‘ राजनैतिक प्रतिशोधका कारण उहाँ माथी अन्याय भएको छ । ’ अध्यक्ष ढकालले तलव खुवाउन नमाने पछि जिल्ला शिक्षा कार्यालयले त्यस विद्यालयको खात नै रोक्का गरी दिएकोले अन्य शिक्षकले समेत गत ६ महिना देखि तलव खाना नपाएको प्रधानध्यापक ढकालले बताए ।
चार जना दरवन्दी शिक्षक, एक जना राहत र एक जना वाल शिक्ष सहित ६ जना शिक्षक र कार्यालय सहायकले गत चैत्र देखि तलव खान नपाएकोले सम्वन्धीत निकाय गम्भीर भई दिनु पर्ने प्रधानध्यपक ढकालको आग्राह छ । यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खडकाले तलव खुवाउने प्रयास भई रहेको बताए । उनले भने–‘ देखिएका पछिल्ला अन्य समस्याको समेत समधानको प्रयास भई रहेको छ । ’
0 comments:
Post a Comment