प्रेम सुनार
गुल्मी, भदौं–६ । जिल्लाका मुख्य दुई वटा सडक ठाउँ ठाउँमा भत्कीएर यातायात अवरुद्ध हुँदा विशेष गरी तीजमा आवत जावत गर्ने चेलीहरुले सास्ती पाउने भएका छन् । रिडी रुद्रवेणी वामीटक्सार सडक खण्ड र यता सदरमुकाम तम्घास देखि पश्चिम तर्फको सडक ठाउँ ठाउँमा भत्कीदा यसपाली तीजका चेलीको पैदल यात्र समेत कष्टकर बन्ने भएको हो ।
तम्घास हुलाके सिमलटारी पुर्कोटदह प्युठान सडक खण्ड ठाउँ ठाउँमा भास्सीने, पहिरोले पुर्ने गरेकोले यातयात नियममित हुन सकेको छैन भने रिडी रुद्रवेणी सडक खण्ड सेनाले मर्मत गरिरहेकोले जेठ महिना देखि बन्द रहेको छ । रुद्रवेणी देखि वामी टक्सार सम्मको सडक पनि पहिरोले यातयात नियमित सञ्चालन हुन सकेको छैन् । हसराको साहघाट भन्ने स्थानमा पहिरो जाँदा निकै कठिनाई भएको नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति पारिश्वर ढकालले बताए ।
‘सडक डिभिजन कार्यालय पाल्पालाई पटक पटक आग्राह गरे पछि डोजर लगाएर अलि अलि पहिरो हटाउने काम भएको छ’– ढकालले भने–‘ गाडी वारपार भए पनि नियमित हुन सकेको छैन् ।’ ढकालका अनुसार मिर्मी ड्याम साईडमा पनि पहिरो जाँदा हर्मीचौर पुर्तिघाट तर्फ यातयात सेवा ठप्प हुँदा जनजिवन प्रभावित भएको छ । ठुलोलुम्पेक देखि वलेटक्सारको बाटो हुँदै दिनमा एउटा जिप सञ्चालन भए पनि अधिकांस मानिस हिडेर यात्रा गर्न बाध्य भएका छन ।
रिडी रुद्रवेणी वामी टक्सार सडक नियमित नहुँदा क्षेत्र नम्वर १ का २५ वटा गाविस, क्षेत्र नम्वर २ को हुँगा, वलिथुम , पराल्मी, बडागाउँ, मुसिकोट र क्षेत्र नम्वर ३ को पौदीअमराई, नेटा , दर्लिङ्ग जस्ता बढिघाट खोला लाईन तर्फ घर हुने हजारौ जनता मर्कामा परेका छन् । त्यस्तै छिमेकी जिल्ला वाग्लुङ्गाका दर्जनौं गविसका जनता पनि उक्त सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । यातयातमा मर्मत सामग्री ल्यान नपाउँदा पहिरोले क्षति ग्रस्त क्षेत्र नम्वर १ का चार वटा हाईड्रो पावर समेत मर्मत हुन सकेका छैनन् ।
यता तम्घास सिमलटारी सडक खण्डमा पर्ने अर्खलेको विच सडकमा जिप पुरै छिर्ने खाडल पर्दा समेत पाल्पा सडक विभागले मर्मत गर्न सकेको छैन् । शुक्रवार विहान झण्डै दुई घण्टा सम्म सो स्थानमा यातायात अवरुद्ध भएको थियो । उक्त सडक खुलाउन जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्साल नै पुगेका थिए । सदरमुकाम कै काँखमा त्यो अवस्था हुँदा सडक विभागको ध्यान नपुग्नु उसको चरम लापर्वाही हो भन्छन् उक्त सडक उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज भण्डारी । उनले भने –‘ हामी त नाम मात्रैको अध्यक्ष र उपभोक्त समित हौं सडक विभागको लापर्वाही विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिदा समेत उसले टेरेको छैन् । ’
तम्घास सिमलटारी पुर्कोटदह प्युठान सडक खण्डमा भ्रष्टचार भएको छ भनेर प्र्रशासनमा उजुरी समेत दिएका अध्यक्ष भण्डारी सडक विभागले सम्झौता अनुसारको काम नगरेको जिकिर गर्छन् । उता रुद्रवेणी वामी सडक खण्डमा गत वर्ष परेको ३ करोड ६० लाख रकमको पनि ३० प्रतिशत भन्दा बढि काम नभएको जिल्ला स्तर कै दलका नेताहरुले बताउँदै आएका छन् । यता सवारी साधनमा कर असुल्ने जिल्ला विकास समितिले वेवास्त गरेको यातयात व्यवसायीहरुले गुनासो गरेका छन् । यस सम्वन्धमा स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले माथीबाट अख्तीयारी नै नआए पछि बाटो सफा गर्न समस्या परेको बताए ।
अर्खलेको उक्त स्थानमा डोजर पठाउने पहल भई रहेको जानकारी गरउँदै पानी वसे पछि बाटो सोहर्ने तिर लाग्ने संकेत गरे ।सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख कर्णबहादुर राना भाटसंग सम्पर्क राख्दा उनले तत्काल ईन्जिनियरलाई भनेर ति दुवै तर्फका सडक सोहर्न लगाउने प्रतिवद्धता जनाए । उनले भने–‘ रुद्रवेण्ी वामी सडक खण्डमा सोहर्न पठाई सकेका छौं , तम्घास सिमिलटारी तर्फ पनि मैलै तत्काल ईन्जिनियरलाई भनेर सोहर्न पठाउने छु । ’
0 comments:
Post a Comment