निस्ते खोलाले बगाएर एक वेपत्ता

   
प्रेम सुनार
गुल्मी, साउन– १८ । गए राती गुल्मीको निस्तो खोलमा माछा मार्न जाँदा हस्तीचौरका एक युवा वगेर बेपत्ता भएको छ । हस्ताीचौर–२ खहरे निवासी  ३५ वर्षिय पदमबहादुर थापा मगरको खहरे नजिकैको निस्तो खोलामा बगेर मृत्यु भएको स्थानियवासी गोकर्णबहादुर सुर्यवंशीले जानकारी दिए ।
    छिमेकी गाविस वडागाउँ–७ का समाज सेवी खुमबहादुर थापाका अनुसार २ जना साथी सहित राती करिव ११ वजेतिर खोला बढेको  ताक छोपेर माछा मार्न हिडेका थापा मगर  बगेर वेपत्ता भएका ति साथीहरुले जानकारी दिएका छन् । थापा मगर सहित माछा मार्न पुगेका खहरेका विष्णु कार्की र श्रीप्रसाद खत्री उनलाई खोज्दै अहिले विहान बगेको स्थान भन्दा धेरै तल रातडाँडा पुगेका छन् । उनिहरुले फेला नपारे पछि स्थानिय समाज सेवी गोकर्ण सुर्यवशीलाई जानकारी दिएको बताए ।
   उनिहरुले जानकारी दिए पछि आफुले छिमेकीहरु बोलाएर  बेपत्ता थापा मगरलाई खोज्न हिडेको सुर्यवंशीले बताए । परम्परा देखि रातीमा निस्ते खोलाको भेल बढ्दा जाल र ढँडिया थापेर माछा मार्न जाने स्थानियवासीको चलन रहँदै आएको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख प्रहरी नाउव उपरिक्षक राजकुमार लम्साल संग सम्पर्क राख्दा आफुहरुलाई जानकारी  नआएको  बताए । उनले भने–‘ हामीलाई जानकारी दिईएको छैन्, जानकारी दिन लगाउनुस् हामीले खोज तलासका लागि प्रहरी पठाउने छौं । ’


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment