प्रेम सुनार
गुल्मी, साउन–१८ । भैरहवामा गत एक हप्ता देखि चलेको अन्तराट्रिय स्तरको डब्ल.ुटि.एफ. तेक्वान्दो प्रशिक्षणमा महिला तर्फ गुल्मीकी भगवती राना मगर वेष्ट प्लेयर घोषित भएकी छन् ।
साउन १३ गते देखि लुम्विनी अञ्चलका १ सय ५० जनालाई दिईएको एक हप्ते प्रशिक्षणको समापन समारोहमा कोरियाली प्रशिक्षकहरुले राना मगरलाई वेष्ट प्लेयर घोषणा गरेका हुन् । गुल्मीबाट तालिममा सहभागि हुन पुगेका गुल्मीका प्रशिक्षक गिरी प्रसाद महाकिमले लुम्विनी अञ्चल मैं राना मगर वेष्ट प्लेयर घोषणा भएको प्रति तम्घास डोजाङ्ग परिवारमा उल्लास छाएको बताए ।
ब्ल्याक वेल्ट सिनियर महिला तर्फ रानाले अञ्चल भरका एकसेएक खेलाडीहरुलाई पछाडी पार्दै वेष्ट प्लेयर घोषित भएकोमा उनले गुल्मी जिल्ला कै शिर उचो पारेको जिल्ला खेलकुद विकास समितका कार्यालय प्रमुख तथा तेक्वान्दो प्रशिक्षक दिपक केसीले बताए । उनले भने–‘ अन्तराष्ट्रि स्तरको तालिममा कोरियाली प्रशिक्षकहरुबाटै राना वेष्ट प्लेयर हुनु जिल्लाको शिर उचो हुनु हो । ’
‘ सरकारी निकायले यस खेल संग सम्वन्धीत जागिरको आव्हान गरे राना पहिलो प्राथामिकतामा पर्छिन्’– केसीले थपे –‘उनले प्रशिक्षकको अनुमति समेत पाएकी छन् ।
तम्घास खानीगाउँ निवासी राना रेसुङ्ग वहुमुखी क्याम्पसमा स्नातक तेश्रो वर्षमा अध्यानरत छन् । उनि तेक्वान्दो खेलमा तिन वर्ष अघि देखि सक्रिय छन् ।
‘द वल्र्ड पिस क्रप्स तेक्वान्दो टे«निङ्ग प्रोग्राम ’ नाम दिईएको तालिममा गुल्मीबाट ६ जना सहभागि थिए । सहभागि हुनेहरुमा प्रशिक्षक महाकिम, सपना सारु, देव सोमै, वेष्ट प्लेयर राना, नेपाली सेना धागीधुम व्यारेकका छेसाङ्ग तामाङ्ग र भरत बि.क थिए ।
उक्त तालिममा पुरुष तर्फ भने रुपन्देहीका प्रितम पुन वेष्ट प्लेयर घोषित भएका छन् । कोरियाली प्रशिक्षकहरुले देशका ५ वटै क्षेत्रमा तेक्वान्दो खेलको परिमार्जित नियम अनुसार प्रशिक्षण दिन सक्ने गरी नेपालका खेलाडीहरुलाई प्रशिक्षण दिएका हुन् ।
तस्वीरः कोरियाली प्रशिक्षकबाट वेष्ट प्लेयरको मेडल प्राप्त गर्दै उनै राना र गुल्मीका सहभागी अन्य खेलाडीहरु

0 comments:
Post a Comment