अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले काभ्रेली समूहका गुण्डा नाइके लामा पक्राउ परेको पुष्टि गरे । ‘दावा लामा पक्राउ परेका हुन्, उनको साथबाट लागू औषध पनि बरामद भएको छ’, एसएसपी कार्कीले भने, ‘हनुमान ढोकामा ल्याई नसकेकाले थप कुरा खुलिसकेको छैन ।’
लामाले केही महिनाअघि ललितपुरका व्यापारी राजन श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए । गुण्डागर्दी गैह्रकानुनी गतिविधि गरेको भन्दै प्रहरीले केही समययता खोजी गरिरहेको थियो ।

0 comments:
Post a Comment