जिशिअका पक्षमा सिडियोकहाँ डेलिगेशन





प्रेम सुनार गुल्मी, भदौं–२ ।

गुल्मी जिल्लामा एक पक्ष केहि दिन अघि देखि जिल्ला शिक्षा अधिकारी विरुद्ध आन्दोलनमा उत्रेको छ भने अर्को पक्ष आज जिशिअको चरित्र हत्या भयो भन्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल कहाँ डेलिगेशन गएको छ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका अध्यक्ष प्रेमनारायण भण्डारीको नेतृत्वमा पुगेको टोलीले जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ माथी लगाईएको आरोप निहित स्वार्थका लागि भएको जिकिर गरेको छ । ध्यानाकर्षण पत्र प्र. जि.अ. ढकाललाई बुझाउँदै भण्डारीले जिशिअ श्रेष्ठ माथी घुसको आरोप लगाउने समुहलाई कार्वाही गर्न प्रजिअ ढकाल संग आग्राह गरे । उनले भने–‘ एउटा राष्ट्र सेवक कमचारी माथी भ्रष्ट्रचारको आरोप लाग्दा तपाई कसरी सहेर वस्न सक्नु भएको छ ? सत्य तथ्य छानविन गर्नुस । ’ अर्को पक्षले गरेको आन्दोलनलाई इंङ्गित गर्दै विज्ञप्तीमा भनिएको छ –‘ कथित शैक्षिक सुद्धिकरण अभियानको नाममा जिल्ला शिक्षा कार्यालयमा धर्ना तथा आरोप प्रत्यारोप गरी कार्यायलयमा तालावन्दी समेत गर्ने कार्य निरन्तर रुपमा भई रहेको विषय प्रति हाम्रो गम्भीर ध्याकृष्ट भएको छ । ’ अध्यक्ष भण्डारीले आन्दोलन गर्ने समुह र आन्दोलनकारीले उठाएका विषय लेख्ने पत्रकारहरु समेत निहित स्वार्थमा लागेको आरोप लगाए । भने–‘ पत्रकारहरुलाई पनि विलो नपुगेर लेखेको हुन सक्छ । ’ ध्यानककृष पत्रमा छानविन गरी जिल्ला शिक्षा अधिकारी श्रेष्ठ दोषि भए कार्वाही गर्न र निर्दोष भए आरोप लगाउनेहरुलाई कार्वाहीको दायरमा ल्यान जोडदार माग गर्दछौं भनिएको छ । संघका तर्फबाट भण्डारीका अलवा नेपाल शिक्षक युनियनका उपाध्यक्ष लक्ष्मी अर्याल, नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष हरिप्रसाद ज्ञवाली, टे«ड युनियन कांग्रेसका अध्यक्ष बालकृष्ण श्रेष्ठ, स्वास्थ्यकर्मी संघका अध्यक्ष महेशकुमार श्रेष्ठ , राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अध्यक्ष नेत्रप्रसाद पन्थी र नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष पेमलाल भट्टराईको हस्ताक्षर रहेको छ । डेलिगशनमा ति संगठन निकट जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुले आफुहरु असुरक्षित भएको प्रमुख जिल्ला अधिकरी संग गुनासो गरेका थिए । साउन २ गते भएको शिक्षक सरुवा र विषय परिवर्तन लगायतका विषयमा जिशिअ श्रेष्ठ माथी विना आधार आरोप लगाएर उनको चरित्र हत्या गरेको टोलीको गुनासो थियो । प्रमुख जिल्ला अधिकारी ढकालले आफु उठेका विषय प्रति गम्भीर भएको तर आरोपित मुख्य पात्र जिल्ला शिक्षा अधिकारी नै सम्र्पक विहिन हुँदा समस्या आएको बताए । उनले भने–‘ति सवै समस्याको समधान मुख्य पात्र जिशिअ आएर मात्र समाधान हुन्छ , सायद उहाँ छिट्टै आउनु हुन्छ र समधान निकालौला । ’ जिल्ला शिक्षा कार्यालय अस्तव्यस्त हुँदा सवै भन्दा ठुलो समस्या शिक्षक पदास्थापनामा परेको छ । संघका अध्यक्ष भण्डारीका अनुसार पौदीअमराईका श्यामन्त नेपाली झै पदास्थापनामा ढिला गरिए फेरी अर्को शिक्षक ४० वर्ष नाघेर पेन्सन नपाउने अवस्थामा पुग्ने भएका छन । नेपालको प्रचलित ऐनमा आरोप लागेका व्याक्तीले मैले भ्रष्टचार गरेको छैन भनेर प्रमाण पेश गर्नु पर्ने प्रवधान छ भन्दै जिशिअ विरुद्धको आन्दोलनको अगुवाई गरेका हिरा एसीले भने–‘ भ्रष्टराचारका आरोपी जिल्ला शिक्षा अधिकारीले हो सफाई दिने तर उहाँ ( संघका अध्यक्ष भण्डारी ) लाई खै किन चासो भएको हो बुझ्न सकिएन् ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment