त्रिभुवन विमानस्थलसहित ७ सीमा नाकामा स्वास्थ्य क्याम्प


२०७१ साउन २९ गते 





२९ साउन, काठमाडौँ । इबोला भाइरभित्रिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सातवटा सीमामा स्वास्थ्य परीक्षण टोली राख्ने प्रक्रिया बिहीवारदेखि सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी, सचिव तीर्थ बुर्लाकोटी, मुख्य सचिव लीलामणि पौडेल, गृह, परराष्ट्र, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य मन्त्रालयका सचिवसहितको उच्च अधिकृतको बुधबार बसेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य टोली राख्ने निर्णय गरेको थियो ।
“हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमा नाकामा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य परीक्षण टोली -हेल्थ डेक्स) राख्न आवश्यक कार्य सुरु गरेका छौँ, आवश्यक कोठाको खोजीमा छौँ, कोठा उपलब्ध भएपछि शङ्कास्पद व्यक्तिको परीक्षण कार्य सुरु हुन्छ,” स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने ।
उनले इबोला भाइरस भित्रिने विषयमा आतङ्कित र चिन्तित नहुन तर सचेत हुन भने आग्रह गरे । मन्त्रालयले नेपाल भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारत र चीनसँगका अन्य सातवटा सीमामा पाँच जनाको स्वास्थ्य परीक्षण टोली रहने जनाएको छ ।
एकजना विशेषज्ञ चिकित्सक, एकजना चिकित्सक, एकजना परिचाकिा र अन्य दुईजना सहयोगी आवश्यक उपकरणसहित सो टोलीमा रहने छन् । टोलीले आˆनो सुरक्षाका लागि टाउकोदेखि खुट्टासम्म सुरक्षित कपडा, मास्क र पञ्जा लगाउने छन् । उपत्यका बाहिरका सीमा नाकामा अहिले सम्बन्धित जिल्लाका जनस्वास्थ्य कार्यालयलाई उपलब्ध जनशक्तिलाई परिचालन गर्न मन्त्रालयले परिपत्रसमेत गरिसकेको छ ।
मन्त्रालयले सन् २००९ मा पनि विमानस्थलसहित अन्य सीमामा स्वाइन फ्लू र बर्डफ्लू भित्रिन नदिन यसप्रकारको हेल्थ डेस्क स्थापना गरेको थियो । विभागका महानिर्देशक उप्रेतीले नाकाबाट आउने सबैको परीक्षण गर्ने कि शङ्कास्पदको मात्र गर्ने भन्ने विषयमा छलफल भइराखेको जानकारी दिए ।
मन्त्रालयको इबोला भाइरस भित्रिन नदिन के तयारी गर्दैछ ? भन्ने जिज्ञासामा महानिर्देशक उप्रेतीले विश्व स्वास्थ्य सङ्गठनको नेपाल सदस्य देश भएकाले सङ्गठनको मार्ग निर्देशनअनुरूप इबोला प्रकोपविरुद्ध सामना गर्न नेपालले आवश्यक तयारी गरेको जानकारी दिए । सङ्गठनको नेपालस्थित कार्यालयले इबोला भित्रिन नदिन मन्त्रालयलाई आवश्यक पर्ने सहयोग प्रदान गर्नेसमेत जानकारी दिएको छ ।हेल्थ डेस्कले परीक्षण गर्दा शङ्कास्पद लागेकालाई तत्काल उपचार गर्न मन्त्रालयले वीर र टेकु अस्पताललाई तयारी अवस्थामा राखेको छ ।
के हो इबोला भाइरस ?
इबोला एक प्रकारको जीवाणु हो । यसलाई चिकित्सकीय भाषामा हेमोरेजिक फिभर भनिन्छ । सन् १९७६ मा कङ्गोको इबोला नदीको वरपरका घुमन्ते चमेरामा यो जीवाणु देखिएको थियो । इबोला नदीको नामबाटै वैज्ञानिकहरूले इबोला नामकरण गरिदिएको वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले जानकारी दिए ।
उनका अनुसार पछि यो जीवाणु चमेराबाट जङ्गली जनावरमा सङ्क्रमित हुन पुग्यो । जङ्गली जनावरबाट मान्छेमा सङ्क्रमित हुन पुग्दा अहिले सो जीवाणुको सङ्क्रमण रोक्न विश्वलाई चुनौती बनिराखेको छ ।
जीवाणुबाट सङ्क्रमित भएमा बाँच्ने सम्भावना केवल १० प्रतिशतमात्र हुन्छ । एक महिना अगाडि पुनः देखिएको यो जीवाणुको सङ्क्रमणबाट खासगरी दक्षिणी अपि|mकी देशहरू गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन यसबाट प्रभावित हुन पुगेका छन् । यो जीवाणुका कारण ती देशमा हालसम्म एक हजारभन्दा बढीको अकालमा मृत्यु भइसकेको बताइन्छ ।
इबोलाको लक्षण
ज्वरो आउनु, वाक्वाकी लाग्नु, घाँटीमा खसखस हुनु, मासंपेशीहरू तथा टाउको दुख्नु, शरीरमा दागहरू देखिनु जस्ता लक्षण यस रोगमा देखिन्छ । चिकित्सक दीक्षितका अनुसार पानी वा हावाका भरमा यो जीवाणु सङ्क्रमित हुँदैन तर सङ्क्रमितहरूका शरीरबाट निस्कने र्‍याल, रगत, दिसा पिसाब, पसिना, वीर्य, श्वासप्रश्वासले सर्न सक्छ ।
बच्ने उपाय
हालसम्म यो जीवाणुविरुद्ध कुनै खोप, औषधि तथा एन्टिबायोटिक औषधि विज्ञानले पत्ता लगाउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले यो रोगबारे अध्ययन अनुसन्धान जारी नै रहेको जनाएको छ । सङ्गठनका अनुसार सङ्क्रमितलाई विशेषरूपमा निगरानीमा राखी उपचार गर्नु र अन्यमा सङ्क्रमित हुन नदिनु नै यसबाट सुरक्षित हुने एकमात्र विकल्प हो ।
अहिले इबोलाबाट अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन नराम्री प्रभावित हुन पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरी उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । यसैबीच, परराष्ट्र मन्त्रालयले इबोला सङ्क्रमित अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोनको भ्रमण नगर्न नेपालीलाई आग्रह गर्दै अत्यावश्यक कामको सिलसिलामा जानुपरेमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रासस


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment