अनिल खत्री गुल्मी साउन १९÷
गुल्मी जिल्लाको ऐतिहासिक,धार्मिक,प्रकृतिक
पर्यटकिय महत्व बोकेको गितको बिमोचन भएको छ । गुल्मी जिल्लाको
बलेटक्सारमा जन्मनु भएका नारद गौतमले रचना गर्नु भएको उक्त पर्यटकिय मत्व
बोकेको गितको एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा सोमबार एक कार्याक्रमको आयोजना गरि
बिमोचन भएको छ । गुलमी जिल्लाको बिभिन्न स्थनमा रहेका ऐतिहासिक धार्मिक,
प्राकृतिक,पर्यटकियस्थानको बारेमा गित मार्फत परिचय गराउदै लेखिएको उक्त
गितको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गर्नु भएको हो । गित बिमोचन
कार्याक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले यो गुल्मी जिल्लाका भिन्न
स्थानमा रहेका ऐतेहासिका पर्यटकिय महत्व बोकेको गित गित नभएर यो गान
भएको बताउनु भएको छ । ढकालले उक्तगितलाई गुल्मी जिल्लामाहुने बिभिन्न
कार्यक्रममा राष्ट्रिय गान पछि बजाउनु पर्ने भन्दै गुल्मी जिल्लाको पर्यटकिय महत्व
चिनाउने भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताउनु भएको थियो । यस्तै
कार्यक्रमका बिशेष अतिथी स्थानिय बिकास अधिकारी हरि प्रसाद ज्ञवालीले स्थानिय
स्तरमा लुकेर रहेको प्रतिभा सहित गुल्मी जिल्लालाई चिनाउने चिनारीको गित
भएकाले जिविस गुल्मीको सहयोगमा अडियो तयार भएपनि यसलाई भिडियो
निमार्ण गरेर गुल्मी जिल्ला लगायत देस बिदेसमा गुलमी जिल्लालाई चिनाउन मदत
पुग्ने हुनाले पर्यटकिय महत्व बोकेको गितको भिडियो निमार्ण गर्न सबै
पक्षबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघकमा अध्यक्ष अखिलेश्वर पाण्डेउ,रेसुङ्गा
बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख एबं साहित्यकार दिन पन्थी,नेपाल पत्रकार
महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालल लगायतले कार्यक्रममा बोल्दै गुल्मी
जिल्लाको पर्यटकिय महत्वको बारेमा जानकारी गराउने गित भएकाले गुल्मी
जिल्लाका सबै पक्षबाट यसलाई भिडियो निमार्णमा सहयोगको लागी आग्रह गर्दै
गुल्मी जिल्लाको पहिचाहन भएकोले यसको भिडियो निर्माण गराएर गुल्मी
जिल्लाको पहिचाहन हुने र स्वदेस तथा बिदेसबाट पर्यटक भित्रिने हुनाले
सबैपक्षले गितलाई संरक्षण गर्न जेड दिनुभएको थियो । गुल्मीजिल्लाको
बलेटक्सारमा जन्मन’ भएका नारद गौतमले रचना गर्नु भएकोउक्त गितमा स्थानिय नया
प्रतिभा बलेटक्सारकै धुर्व ज्ञवाली र अम्बीका ज्ञवालीले स्वर दिनु भएको छ
कार्यक्रममा उक्त गितका रचनाकार नारद गौतमको सभापतित्व प्रमुख जिल्ला अधिकारी
कमलराज ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थानिय किास अधिकारी हरि
प्रसाद ज्ञवालीको बिशेषआतिथ्यता रहेकोथियो कार्यत्रममा उद्योग वाणिज्य
संघकमा अध्यक्ष अखिलेश्वर पाण्डेउ,जिल्ला शिक्षा कार्यलय गुल्मीका साहयकजिल्ला
शिक्षा अधिकारी दिपेन्द्रराज ढकाल,रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस
प्रमुख एबं साहित्यकार दिन पन्थी,नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज
भुसाल लगायत बिभिन्न संघ संस्था कार्यलयबाट सहभागिता रहेकोथियो कार्यक्रम
लोकदोहोरी प्रतिष्ठानगुल्मीकी उपाध्यक्ष बिष्णु सापकोटाको स्वागत मनतब्य र
सचिव जनक पन्तको संञ्चालनमा सम्पन्न भएको थियो ।


0 comments:
Post a Comment