कतारमा तीज विशेष कार्यक्रम सम्पन्न फोटो फीचर सहित

कुमार अविरल पन्थी कतार भदौ ८ ।
गुल्मी सेवा समाज कतारले हिन्दु नारिहरुको महान चाड हरितालिका तिजको अवसरमा आयोजना गरेको तिज विशेष कार्यक्रम दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपर मार्केटको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ । गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्काको सभापत्विमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका उपाध्यक्ष टि.वि. कार्कीको प्रमुख आतित्यथा रहेको थियो ।
विशेष अतिथीहरुमा नेपाली महिला समाजकी उपाध्यक्ष संगीता लामा, गुल्मी सेवा समाजकी महिला संयोजक एवम तिज बिशेष कार्यक्रम संयोजक मिना खड्का, एनआरएन मध्यपुर्व सह संयोजक पुर्ण के.सी., एनआरएन आईसिसी सदस्य अमृत गुरुङ र उमेश अधिकारी, गुल्मी सेवा समाज कतारका प्रमुख सल्लाहकार विजय बस्नेत, गुल्मी सेवा समाज कतारका संरक्षक तथा एनआरएन कतारका कोषाध्यक्ष द्रोण बस्नेत,एनआरएन कतारका महासचिव बिनोद भट्टराई, नेपाल पत्रकार महासंघ कतारका कार्यवाहक अध्यक्ष गणेश प्रसाद बन्जाडे, समाजसेवी तथा व्यवसायी आर.के. शर्मा रहनु भएको थियो । यसैगरी अतिथिहरुमा नेपाली जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, खसक्षेत्री समाजका हंसराज क्षेत्री, स्याङजा सहयोग समाजका उपाध्यक्ष धनन्जय लम्साल,समाजसेवी राजेश दर्शन अर्याल, प्युठान सेवा समाजका छबी बि.क, गल्फ टाईम्सका प्रतिनिधी उषा गौतम र पुष्पराज श्रेष्ठ, पर्वत सेवा समाजका अध्यक्ष पुर्ण ब. नेपाली, विभिन्न जिल्ला संस्थाहरुका प्रतिनिधीहरु रहनु भएको थियो । यसैगरी राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका नवराज वि.क., कान्तिपुर गल्फ साप्ताहिकका होम कार्की, पत्रकार खगेन्द्र कार्की, अर्थ रोजगार प्रतिनिधि चिरन्जीवी तिम्सिना, पत्रकार घनश्याम पराजुली,दिलिप पराजुली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक मिना खड्काले स्वागत मन्त्व्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । प्रवासमा रहेपनि नेपालको झल्को मेटाउने बिशेष गरी प्रवासमा रहेका नेपाली महिला दिदी बहिनिहरुलाई एक्लो महसुस हुन् नदिन,नेपाली धर्म संस्कृतिको जगेर्ना गर्न, हाम्रो रिति रिवाज नेपाली परम्परा लाई आत्मसाथ साथ गर्दै गुल्मी सेवा समाज कतारले आयोजना गरेता पनि यो कार्यक्रम हामी सबैको हो र नेपाली दिदीबहिनीहरुको रहेको कुरा बताउनु भएको थियो । कार्यक्रमलाई गैर आवासीय नेपाली तारा २०१३ को विजेता गायिका ईन्दीरा शाहको ढल्की ढल्की नाचौकी झै लाछ बोलको तिज गित बाट सांस्कृतिक प्रस्तुतीको ढोका खोलिएको थियो । आउन वरवर, भन्ने तिजको भाकामा गित गाउदै गुल्मेली गायक डोलराज परियारले उपस्थित सम्पूर्णलाई नचाए । माया परियारको नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो । त्यस्तै कार्यक्रममा नन्दा परियार र अजित कुमारले नृत्य प्रस्तुत गरेका थिए । अहिलेको तिजमा छमछम नाच्ने हो बोलको गितमा उपस्थित नेपाली चेलीहरु धित मरुन्जेल नाचे ।  नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा गुल्मी सेवा समाज कतारले आयोजना गरेको तिज बिशेष कार्यक्रम कतारका सस्थाहरुको इतिहासमा पहिलो प्रस्तुती बन्न सफल भएको छ । कार्यक्रमलाई भिम तरामु मगर, प्रमेश दाहाल र ईश्वरा मगरले सन्चालन गरेका थिए । कार्यक्रममा गुल्मेली मोडेल ओबी रायमाझी,गुल्मेली गायक अविरल अजित,गैर आवासीय नेपाली तारा २०१३ दिपक बुढामगर, मोडेल बिक्रम बुढाथोकी, रित कुमार श्रेष्ठ, मोहन शाह, शरद पाण्डे, सन्दिप रसाईली, कविता तामाङ,लगायतका स्थानिय कलाकारहरुको बेजाड प्रस्तुती रहेको थियो । साथै उक्त तिज बिशेष कार्यक्रमको गुल्मी जिल्लामा रहेको सामुदायिक रेडियो, रेडियो स्काई ९० दशमलव ४ मेगाहर्जले कार्यक्रम अवधी भर प्रत्यक्ष प्रसारण गरेको थियो । इन्टरनेट अनलाइनमा www.skyfm.org.np  www.gulmitimes.com ले एकै साथ प्रत्यक्ष  प्रसारण समेत गरेका थिए । 












Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment