४८ वर्ष सम्म बेखवर माईती यसपाली सम्पर्कमा


  प्रेम सुनार

गुल्मी, भदौ–११ ।  पुर्वी नेपालकी चेली पश्चिम गुल्मीमा विवाह भएको ४९ वर्ष भएको छ ।   १४ वर्षको उमेरमा भारतको नागालैण्डमा  विवाह भएको एक वर्ष सम्म त उनि माईतीको सम्पर्क मैं थिईन तर एक वर्ष पछि श्रीमानले गुल्मीको वलेटक्सार स्थित घर ल्याए पछि उनि ४८ वर्ष देखि माईतीबाट सम्र्क विहिन थिईन् । तर उनको शौभाग्य कल्पना समेत नगरेका माईतीजनले ४८ वर्ष पछि यसपालीको तीजमा फोन सम्पर्क गरे पछि उनि हर्ष विभिर भएकी छन् । 
     उनि अर्थात वलेटक्सार गाविस वडा नम्वर–६ कालापतलकी ६३ वर्षिया नमितादेवि शर्मा ज्ञवालीलाई झापाको धुलावारी कालिखुट्टाबाट माईतीले सम्पर्क गरेका हुन् । ज्ञवालीका पिता विष्णुप्रसाद  खत्तिवडा र माताको  मृत्यु भएको थियो । एक मात्र दाजु विजय खत्तिवडाको २४ वर्षको उमेरमा जण्डीसको विमारले चुड्यो ।
    उनकी जेठी दिदी सविता कहाँ छन् भन्ने थाह छैन् उनलाई  ।  माईली दिदी रहिताको तस्वीर संगै ल्याएकोले   हरेक तीज र अन्य चाड पर्वमा तिनै माईली दिदीको तस्वीरलाई माईतीका रुपमा मान्ने गर्थिन् ज्ञवालीले ।  यसरी वलेटक्सार आएको ४८ वर्ष सम्मको हरेक तीज उनका लागि आँशुमा वित्ने गर्दथ्यो र पछिल्लो चरण विर्र्सी सकेकी पनि थिईन् उनले ।  तर यसपाली उनका माईली काका हरिप्रसाद खत्तीवडा र कान्छा काका केपी शर्मा खत्तिवडा सम्पर्कमा आए पछि उनलाई आफ्नो पुर्खेयौली माईती धुलावारी रहेछ भन्ने कुरा समेत  बल्ल थाह भयो । 
    ‘माता पिताहरु पहिले देखि नै नागालैण्डको कुईमा भन्ने स्थानमा वसोवास गर्ने भएकोले आफ्नो माईती नै नागालैण्ड हो भन्ने कुरा थाह थियो ’–ज्ञवालीले भनिन् –‘ जव काकाहरु सम्पर्कमा आए पछि मात्र  नेपाल मैं माईती रहेछ भन्ने कुरा थाह पाउँदा खुशीको सिमा छैन् वावु । ’ ‘यस पाली तीजमा वोलाए पनि जान नभ्याउने भएँ अव दशैमा जाँदै छु’– उनले थपिन–‘ विर्सेको पालीमा मेरा  काकाहरु र दाजु भाईले सम्झँदा खुशीले गह भरिएको छ ।’
  
  यो संयोग उनका जेठा छोरा अर्जुन  र कान्छा  शिवप्रसाद शर्मा ज्ञवालीले जुटाई दिएका हुन् । उनिहरुले गत वर्ष देखि नै मावाली खोजी गरेका थिए । नागालैण्डमा अत्तोपत्तो पाएनन् । उनिहरु आफ्नो पुर्खेयौली घर झापा गए भन्ने थाह पाएर ठेगाना लिई दोज्दै जाँदा फेला पारेका हुन् । छोराहरु कै प्रयासबाट यसपालीको तीजमा काकाहरु संग वोल्ने शौभाग्य पाएको ज्ञवाली बताउँ छिन् । 
  यो सम्पर्कबाट उनका श्रीमान धनप्रसाद औधी खुशी छन् । उनि नागा पुलिसमा जागिरे छँदा श्रीमति नमितालाई विवाह गरी ल्याएका थिए । यो सुखत खवरले चारपाला स्थित  ज्ञवालीकी छोरी शोभा अर्याल पनि हर्ष विभोर भएकी छन् ।  छोरा शिवप्रसादले त  फोन गरेर यो सुखत सन्देश सवैमा पुराई दिन यस समाचारदातालाई आग्राह गरे । ज्ञवाली परिवारमा जस्तै अर्को खुशी छाएको छ ठुलोलुम्पेकको एक मगर परिवारमा ।
    ठुलोलुम्पेक ७ थुम्का स्थित स्वर्गिय जसे थापकी  जेठी छोरी पुनिता थापा गुरुङ्गले  ५५ वर्ष पछि  पहिलो पटक यसपाली तीजमा  माईती घरमा पाईला टेकेकी छन् ।  भारतिय सेनाका जवान उनका पिता र माता विष्णु थापाले भारत मै  पुनितालाई जन्म दिएका थिए । माईती ठुलोलुम्पेक हो भन्ने मात्र थाह थियो पुनितालाई तर कस्तो छ थाह थिएन । सेनाबाट अवकास पाए पछि थापाले कञ्चनपुर जिल्लाको दोधारा–४ मा घर जग्गा किनेर स–परिवार उतै वसेका थिए  ।
    माता पिताको उतै मृत्यु भए पछि ठुलोलुम्पेक आउने रहर अधुरो हुँदै आई उनले बताईन् । संयोगको कुरा नेकपा एकीकृतले सुदुर पश्चिमाञ्चलमा चलाएको एक महिने अभियानमा पुगेकी उनकी भदैनी तेजकुमार थापाले कञ्चनपुरमा  फुवु नमिताको खोजी गरिन् ।  सो पार्टीको महिला संगठनकी केन्द्रिय सदस्य रहेकी तेजकुमारी भन्छिन्–‘ दोधारा भन्ने ठाउँमा हाम्री फुवु हुनुहुन्छ भन्ने सुनेकी थिएँ तर कस्ती हुनुहुन्छ भन्ने थाह थिएन् ,जव भेटेर सोधपुछ  गरे तव चिनेर हर्ष विभोर भएँ ।’ 
   सन्तानले सन्तान खोज्छ भन्ने बुढापाकाहरुको भनाई उदृत गर्दै नमिताले भनिन्–‘ यो संयोग भदैनी तेजकुमारीले नै मिलाएकी हुन् । ’  यहाँ स्थित रेडियो कार्यक्रम ओझेलका खवरमा उनले ५५ वर्षमा माईती घरमा तीज मान्न पाएको खुशी ब्यक्त गर्दै भक्कानो छाडेर रुदा सारा श्रोतालाई समेत रुहाएकी थिईन् । ‘ मलाई त सपना जस्तो लागेको छ ’– रमिताले भक्कानो छाड्दै भनिन–‘यो शौभाग्य कसरी कुन शव्दले ब्यक्त गरुँ ? म वोल्नै नसक्ने गरी हर्ष विभोर भएकी छु । ’
   कञ्जनपुर देखि वुटवल , वलेटक्सार हुँदै जिपमा आएकी उनी रुद्रवेणी देखि हिडेर ठुलोलुम्पेकको उकाले चढ्दै थिईन् । फोनमा  ठुलोलुम्पमा रहेका माईतीजनसंग बाटो सोध्धै हिड्दै गरेको देख्न सकिन्थ्यो । पछि तल सम्म मोटर साईकल लिएर कान्छि भदैनीका श्रीमान रामु तरामु लिन गएका थिए ।  उनि पहिलो पटक ठुलोलुम्पेकमा पाईला टेके पछि उनका माईतीजनहरुको  गह भरिएको थियो ।
     २००१ सालमा पिताले ठुलोलुम्पेकबाट भर्ति हुन भारत गएको र त्यहाँ देखि नआएको रमिता बतउँ छिन् । ठुलोलुम्पेकमा जुद्धविर नामले परिचत उनका माईलाकाका बलबहादुर थापा पनि भारतिय सेना मै रहेका छन् भने कान्छा काका प्रेमबहादुर थापा दोधारा मैं किशानी रहेको , वहिनी गंगा पुन पनि उतै भएको रमिताले बताईन् । 
  दार्चुलाको लाली गाविसमा रहेको अस्पतालकी अनमी रहेकी उनकी छोरी सिता गुरुङ्ग  भण्डारी आमाले माईती टेकेको खुशीमा यसपालीको तीज आफुहरुका लागि ऐतिहाँसिक महत्वको तीज भएको बताउँ छिन् । नमिताका छोरा कमल र डम्वर गुरुङ्ग पनि आफुहरुमा खुशीको सिमा नरहेको बताउँ छन् । अव दशैंमा श्रीमान नेत्र गुरुङ्गलाई ल्याएर माईतीको टिका थाप्ने धोको पालेकी  पुनिता दोधारा गाविसकी महिला मुल समितिकी अध्यक्ष र स्वयम सेवीका समेत हुन् । 
तस्वीरः कता हो मेरो माईती जाने बाटो ? भन्दै  ठुलोलुम्पेकको उकालोमा उनै पुनिता गुरुङ्ग



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment