प्रेम सुनार
गुल्मी, भदौं–११ । घर घरमा तीजको रौनक छाएको छ । बाटोमा आज विहानै देखि माईती हिड्ने महिलाहरुको लर्को थियो । श्रीमतिहरु माईत हिडे पछि कतिपय पुरुषहरु विहानै देखि रक्सीले लठ्ठीएको पनि देख्न सकिन्थ्यो ।
यस्तो जाँड रक्सी, उत्ताउलो संस्कृति, बढ्दो बिकृति , विलासी र भड्कीलो हुँदै गएको तीज पर्वमा नेपाली कांग्रेस गुल्मीले भने राम्रो सन्देश दिएको छ । उसले आज विहानै देखि सदरमुकाम तम्घासमा मनाउन सुरु गरिएको तीज पर्वका विचमा पुगेर देशभरका पाढी पहिरो पिडितका लागि सहयोग संकलन गरेर राम्रो सन्देश दिएको हो ।
भदौं ९ गते देखि आज अपरान्ह सम्म ५६ हजार ३ सय ७४ रुपैयाँ संकलन भएको जिल्ला पाटी सचिव विष्णु बलालले जानकारी दिए । तिजको अवसरमा तिन दिन अघि देखि सुरु गरिएको सहयोग संकलन कार्य श्रीपञ्जमी सम्म सञ्चालन गरिने जानकारी गराउँदै वललाले देश विदेशमा रहेका गुल्मीवासीलाई आफ्नो पार्टी कार्यालयमा सम्पर्क राखेर सहयोग गर्न अपिल गरे । कांग्रेसले देशै भर सुरु गरेको अभियानलाई गुल्मीवासी सवै सर्वसाधरले समेत आफु सक्के सहयोग गर्न सक्ने उनले बताए ।
सहयोग संकलन अभियानमा सचिव वलालका अलवा उप–सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाल महिला संघकी सभापति विष्णुकुमारी सापकोटा , तरुण दलका अध्यक्ष खिलद्धवज पन्थी, नेपाल विद्याथी संघका सभापति सुदर्शन खनाल, तरुण दलका सचिव छवि पाण्डे लगायतका नेतृत्व पंक्तिका साथमा ति भातृ संगठनका कार्यकर्ताहरु खटिएका थियो ।
सचिव वलालका अनुसार जिल्ला पार्टीले संकलन गरेको राहत रकम नेपाली कांग्रेसले खडा गरेको केन्द्रिय राहत कोषमा पठाउने छ र केन्द्रले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गर्ने छ । रंङ्ग रसमा समय र पैसा खर्चिने यस्ता पर्वलाई यस्तै यस्तै सामाजिक र सिर्जनात्मक कार्यमा लाग्नुले राम्रो सन्देश दिएको प्रत्यक्षदर्शीहरुको समेत प्रतिकृया थियो ।
तस्वीरः सहयोग संकलन पछि तम्घासको लाँकुरी मञ्चमा कांग्रेस जनहरु
0 comments:
Post a Comment