महिलाको बलात्कार पछि हत्या आशंका


   प्रेम सुनार
गुल्मी, साउन–२३ । विहिवार दिउँसो गुल्मी हर्मिचौरकी जन्मजात वोल्न नसक्ने एक  महिलाको अज्ञात व्याक्तिद्धारा वलत्कार पछि हत्या भएको स्थानियवासीले आशंका गरेका छन् । हर्मीचौर गाविस वडा नम्वर ३, तल्लापोखरा की ५५ वर्षिया  जन्मजात बोल्न नसक्ने महिला देउरुपा पाण्डेको वलत्कार पछि हत्या भएको आशंका गरिएको हो । आज शुक्रवार जिल्ला प्रहरी कार्यालयबाट र रिडीबाट हिजो  राती नै प्रहरी घटना स्थलमा पुगेको छ र अहिले यो समाचार तयार पार्ने बेला सम्म पनि प्रहरी सोही स्थानमा रहेको छ । 
   हमीचौर–४ निवासी चतुर्भुज पाण्डे भन्छन्–‘ घर भित्र भुँईमा टाउँकोमा चोट लागेको र तल्लो पेट देखि तलका पुरै  कपडा नभएकोले वलत्कार पछि हत्या भएको आशंका गर्न सकिन्छ । ’ उनका अनुसार ति महिलाको शव हिजो दिउँसो करिव एक  वजे तिर परिवारका सदस्यले  भेटेका थिए । विपन्न परिवारका उनका श्रीमान अन्दाजी ७० वर्षिया लक्ष्मीपति सापकोटा विहिवार विहना करिव ८ वजेको समयमा तल वेसीतिर झरेका थिए । 
    उनले प्राय मागरे आफु र श्रीमति पाल्दै आएका थिए । विहिवार पनि तल अरुको खेतमा ४÷ ५ घुँगा मकै मागेर आफ्ना भाई दुर्गाप्रसाद  र वुहारीसंग पठाएका थिए । घरमा उनिहरु आउँदा त्यस्तो अवस्थामा उनको शव फेला पारेको उनिहरुले बताएको चतुर्भज पाण्डेले जानकारी दिए । ‘शव नजिकै कोदालो छ र त्यसमा रगत लागेको छ’–पाण्डेले भने–‘ उनिहरु आउँदा योनी समेत देखिने गरी तल पुरै नग्न रहेको र माथी व्लज मात्रै भएको ति दम्वत्तीले बताएका छन् । ’ 
    जिल्ला प्रहरी कार्यालयबाट घटना स्थलमा  पुगेका प्रहरी निरीक्षक अम्विका गुप्ता र ईलाका प्रहरी कार्यालय रिडीबाट पुगेका अर्का प्रहरी निरीक्षक प्रकाशचन्द्र गुप्ताले शवको टाउकोमा चोट लागेको बताए पनि अन्य कुराहरु अहिले नै केहि भन्न नसक्ने बताए । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालसंग सम्पर्क राख्दा उनले  त्यहाँ पुगेका प्रहरी अधिकृतहरुको अनुसन्धान र पोष्टमार्टम रिर्पोट पछि मात्रै सवै कुरा खुल्ने बताए । उनले भने–‘ त्यहाँ त्यस्तो घटनाबारे जानकारी पाउन साथ दुई जना प्रहरी निरीक्षहरु खटाएको छु , उहाँहरुले अनुसन्धन गर्नु हुन्छ र पोष्र्ट मार्टम रिपोर्ट पनि आउछ  त्यस पछि मात्र  सवै कुरा खुल्ने छ । ’
    समाचार सहयोगी पाण्डेका अनुसार रिडीबाट प्रहरी गए राती दुई वजेति पुगेको थियो । उनको कटेरे घर रहेको छ । आधामा गाई भैसी पाल्ने र आधामा बस्दथे । श्रीमान प्राय सधै गाउँमा मजदुरी गर्न र माग्न हिडी रहन्थे । उनि प्राय घरमा एक्लै बस्ने गर्दथे । एक छोरा काठमाण्डौंका होटलमा भाँडा माझ्ने काममा गएका थिए र अहिले आई पुगेका छन् । घरको अवस्था दयानिय छ ।
   ‘कृया खर्च जुटाउने अवस्था समेत छैन् ’ – समाचार सहयोगी पाण्डेले भने–‘  प्रहरी प्रशासनमा आवत जावत झन उनका श्रीमानले कसरी गर्न सक्लान भन्ने लागेको छ । ’ मृतकको माईती घर स्याङ्गजाको दिर्घ बताईएको छ । उनिहरुको घर एकान्तमा रहेका छ र त्यहीबाटो भएर अर्वेनी १ र २ का मानिसहरु आवत जावत गर्ने गर्दछन् , यसर्थ त्यो वाटो को आवत जावत ग¥यो भन्ने कुरा पनि खोजिनु पर्छ किन कि उनलाई हत्या गर्ने मानिस पनि ति महिलाबाट चिथोरिएको हुनु  पर्छ– पाण्डेले भने । उनका अनुसार सदरमुकाम तम्घास धेरै टाढा पर्ने भएकोले छिमेकी जिल्ला स्याङ्गजाको वालिङ्गमा अहिले पोष्टमार्टम गर्नका लागि लैजाने तयारी भएको पाण्डेले बताए ।  


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment