चरी मारिएको बिरोधमा धादिङ बन्द


धादिङ, श्रावण २३ - 'गुण्डा नाईके' दिनेश अधिकारी (चरी) को गैरन्यायिक हत्या भएको भन्दै नेकपा एमालेका भातृसंगठनहरुले शुक्रबार बिहानैदेखि धादिङ बन्दको घोषणा गरेका छन् । युवा संघ, अखिल नेपाल महिला संघ, किसान महासंघका कार्यकर्ताले यातायात, बजार र शिक्षण संस्था बन्द गराउँदै हिँडेका छन् । बन्दका कारण जिल्लामा छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन छुटेका छैनन् भने बजार ठप्प पारिएको छ ।
एमालेका कार्यकर्ताहरु झण्डासहित बजारमा नाराबाजी गर्दै हिँडेका छन् । बन्दको असर राजधानी जोड्ने पृथ्वीराजमार्गमा भने परेको छैन ।
बन्दको कार्यक्रम पूर्व घोषत नभएकाले धेरै यात्रु आउजाउ गर्ने पृथ्वीराजमार्ग आशिक रुपमा बन्द गर्ने जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जानकारी दिए । एमाले धादिङ क्षेत्र नं. १ का निर्वतमान उपाध्यक्ष अधिकारीको हत्यामा संलग्न वर्दीवालाहरुलाई निलम्बन गर्नुपर्ने उनले बताए ।
'बर्दी लगाएकाले गैर न्यायायीक हत्या गरेका छन्,' उनले भने, 'उनीहरुलाई निलम्बन गरेर छानबिन समिति गठन गरी अनुसन्धान गर्नुपर्छ ।' लामो समयदेखि जिल्ला र राजधानीमा अपराधिक गतिविधि गर्दै आएका चरी जिल्लाका त्रिपुरेश्वर गाविस निवासी हुन् । उनी बुधबार धादिङ र काठमाडौंको सिमानामा पर्ने भिमढुङ्गामा प्रहरीको गोलीबाट मारिएका थिए ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment