तम्घासमा भुसिया कुकुरले टोकेर ३ जना घाईते


अनिल खत्री गुल्मी साउन २१÷
गुल्मीको सदरमुकाम तम्घासमा भुसिया कुकुरले टोकेर ३ जना घाईते भएको छन । सदरमुकाम तम्घास स्थित उदिनढुङ्गामा बुधबार बेलुकी भुसिया कुकुरले टोकेर तम्घासका बिभिन्न स्थानमा बस्ने ३जना घाईते भएका हुन । यसरी भुसिया कुकुरले टोकेर घाईते हुनेहरुमा गुल्मी अर्खले घर भई तम्घास बस्दै आउनु भएका भुपाल पन्थी लगायत उदिनढुङ्गा बस्दै आउनु भएका एक जना बृद्धा र अर्खलेका हरि भण्डारीलाई कुकुरले टोकेर घाईते बनाएको छ । घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार पछि घर फर्किएको बताइएको छ । यि तिनै जनालाई टोक्ने कुकुर एउटै रहेको स्थानिय बासीले बताएका छन ।
यसरी एउटै कुकुरले टोके पछि स्थानिय वासी त्रासीत भएका छन । कुकुरले कुनबेला टोक्ने हो भन्दै त्रासित भएर हिडडुल गर्नु परेको स्थानिय व्यवसायि दुर्गा भण्डारीले बताउनु भयो । सदरमुकाम तम्घासमा बिभिन्न ठाउमा गत वर्ष पनि एक दर्जन भन्दा बढिलाई भुसिया कुकुरले टोकेपछि स्थानिय वासी कुकुर मार्न भन्दै जिल्ला प्रसासन र तम्घास गाविसलाई आग्रह समेत गरेका थिए । प्रसासन,गाविस र स्थानिय सहित मिलेर केहि भुसिया कुकुरलाई गत वर्ष मारिएको थियो । पछिल्ला केहि वर्ष यता सदरमुकाम तम्घासमा भुसिया कुकुरको बिगबिगी हुने गरेको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment