गुल्मीका सरकारी कार्यालयको समिक्षा गोष्ठी सम्पन्न

 गुल्मी चिनाउने अर्को सांगितको बिमोचन
प्रेम सुनार
गुल्मी, साउन–२१ । गुल्मीका सरकारी कार्यालयको आर्थिक वर्ष २०७०÷०७१ को समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।जिल्ला विकास समितिको सभाहलमा सम्पन्न वार्षिक समिक्षा गोष्ठीको पहिलो सत्रमा जिल्लाका पत्येक सरकारी कार्यालय प्रमुख वा उनका प्रतिनीधीहरुले आ–आफ्नो कार्यालयको प्रतिवेदन पेश गरेका थिए । 
प्रतिवेदन माथी दलका नेता र अन्य क्षेत्रका सरोकारवालाहरुले टिका टिप्पणी र विभिन्न विषयमा जिज्ञाषा राखेका थिए । समिक्षा गोष्ठीले गत वर्षको कमी कमजोरी औंलाएर आगमी वर्षमा सुधार गर्नु पर्ने कुराहरु किटान गर्ने बताईएको छ । गत वर्ष कहाँ के कति विकास रकम विनियोजन भयो र त्यो कति प्रभावकारी भयो ? भन्ने विषयमा बढि केन्द्रित हुनु पर्ने स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको जोड थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्ति, नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, एकिकृत नेकपा माओवादीका सचिव युवाराज केसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना, नेकपा–माओवादीका प्रतिनिधी प्रशान्त बराल लगायतका दलका नेताहरु सहभागी थिए ।
स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमको सञ्चालन रहेको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment