प्रेम सुनार
गुल्मी, भदौं–१२ । आईरन गरेका सर्ट–पाईन्ट र टिलीक्क टल्कीने जुत्ता लगाएर विद्यालय हिड्ने रेसुङ्गा नगरपालिका उपल्लो तम्घासका शिक्षक कृष्णप्रसाद मरासीनी आज विहानै धारामा भाँडा माझ्दै हुनुहुन्थ्यो । साथमा उहाँका भाई किशोरप्रसाद मरासनी पनि दाजु संगै भाँडा माझ्दै हुनुहुन्थ्यो ।
होईन यो समयमा त तपाई विद्यालय तिर हिड्नु हुन्थ्यो आज भाँडा माझ्दै हुनुहुन्छ त ? भन्ने प्रश्नमा मरासीनी बन्धुले हाँस्दै भन्नु भयो–‘ के गर्ने मेडमहरु तीज मान्न हिजै माईत जानु भयो कसले माझोस् त भाँडा आफुले नमाझेर । ’
महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा पढाउने शिक्षक कृष्णप्रसादले भाँडा माझ्ने, अन्य घरयासी काम गर्ने कुरा आफ्ना लागि नौलो नभएको प्रतिकृया दिनु भयो । उहाँले भन्नु भयो–‘ विदाका दिनमा मेडम र म संगै घरयासी काम गछौं आज तीजको दिनमा मात्र एक्लै काम गरेको हुँ, यस्तो घरयासी काम गर्नु मेरा लागि नौलो होईन् ।’ उहाँका भाई किशोर किराना पसले हुनुहुन्छ । उहाँ भने अघि पछि पसल मैं व्यस्त देखिनु हुन्थ्यो । आज भने घरयासी कामले उहाँलाई पसलमा बस्ने फुर्सत छैन् ।
शिक्षक कृष्णप्रसादकी श्रीमति गंगा मरासनी अर्घाखाँचीको छत्रगञ्ज माईत गएको र उहाँका भाई किशोरकी श्रीमति भने नजिकै तम्घासमा रहेका माईती कहाँ तीज मान्न गएको बताईयो ।
तीज मान्न माईत गएका कैयौं महिलाहरु राती अवेर सम्म तीज गीतमा नाचेर आज विहान अवेर सम्म विस्तराबाट उठेका थिएनन् ।
यो तीजमा मरासीनीद्धय त प्रतिनीधीमुलक पात्र मात्रै हो । तीज भर अधिकांस पुरुषहरुले घर धानेका हुन्छन् । अघि पछि आफुले खाना खाएको थाल समेत उठाएर नलैजाने पुरुषहरु समेत तीजभरी आफै खान पकाउने भाँडा माझ्ने, घाँस दाउरा गर्ने गर्दछन् । यस्तो कार्यलाई अन्य दिनहरुमा पनि निरन्तरता दिन सके महिलाहरुको घरयासी वोझ कम हुन्थ्यो कि ?
तस्वीरः ज्याकेटमा भाई किशोर सेतो वनियनमा शिक्षक कृष्णप्रसाद धारामा भाँडा माझ्दै
0 comments:
Post a Comment