मलेशियामा नेपालीहरुलाई यातना , दुतावास रमिते



प्रेम सुनार
गुल्मी, भदौं–१२ ।  गत सोमवार एक जना विरामी नेपालीलाई कम्पनीले उपचारमा वेवास्ता गरी उनको मृत्यु भए पछि मलेशियाको  एक कम्नीमा आन्दोलनमा उत्रेका नेपालीहरुलाई  चरम यातना दिदै दुव्र्यबहार भएको छ ।  गुल्मीको ईस्मारजस्थल–९ घर भएका केशव कुँवरले दिएको जानकारी अनुसार मलेशियाको जोहरबारु स्थित वअथ जमम तभअजलययिनथ  कम्पनीका विभिन्न ब्राञ्च गरी १५ सय भन्दा बढि नेपालीहरु आन्दोलनमा उत्रिएर कम्पनीको काम ठप्प पारेका छन् ।
   सोमवारका दिन त्यस कम्पनीको तेब्राउ शाखामा ताप्लेजुङ्गका हर्कबहादुर निरौला काम गर्दा गर्दै विरामी परेका थिए । विरामी उनलाई कम्पनीले अस्पताल लैजान नदिएर जवरजस्ती काममा लगाएको र पछि उनि सकिस्त भए पनि नेपालीहरुले अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो ।
    त्यस विरुद्ध आन्दोलनमा उत्रेका नेपालीहरुलाई उक्त कम्नीले प्रहरी लगाएर दमन र दुव्र्यबहार गर्न थाले पछि नेपालीहरुले  वारकी पारको आन्दोलनमा उत्रेका छन् । आन्दोलनको सुरुवात मैं आन्दोलनका मुख्य नाईकेहरु भन्दै प्रहरीले २५ जना नेपालीहरु पक्राउ गरी बेपत्ता पारे पछि शान्तिपुर्ण आन्दोलन हिंसक बन्दै गएको कुँवर बताउँ छन् ।
   कुँवरका अनुसार कम्पनीमा आगाजनी, तोडफोले स्थिती तनावग्रस्त बन्दै गएको छ । आन्दोलनकारी नेपालीहरुलाई १० किलो  तौलको सिमेन्टको भलिवल बनाएर खेल्न लगाउने र भुँईमा खसाले निर्घात कुट्ने, मुखमा तातो पानी खन्याई दिने, अश्रुग्यास हान्ने  जस्ता चरम दुव्यवहार हुँदा समेत मलेशियाको नेपाली दुतावास रमिते बनेको कुवँरले बताए ।
  कम्पनीको ज्यादती दिन प्रति दिन हिंसक बन्दै गए पछि कुँवर त्यस कम्पनीको लिडर भएको नाताले सम्पुर्ण नेपालीहरुलाई आन्दोलनमा उत्रारेको बताउँ छन् । पछिल्लो जानकारी अनुसार २ जना बंगाली सहित ४२ जना नेपालीहरुलाई प्रहरीबाट पक्राउ गराएर बेपत्ता पारिएको छ ।  त्यस वअथ जमम तभअजलययिनथ    मलेशियाका विभिन्न राज्य र अन्य मुलकमा समेत ब्राञ्च भएको बताईएको छ ।
    आन्दोलनरत नेपालीहरुका अनुसार विभिन्न मुलुकका कामदार माथी त्यस कम्पनीले चरम श्रम शोषण र दमन गर्दै आई रहेको छ । प्रहरी र नेपाली दुतावास संग मिल्ने र नेपाली कामदारको शोषण गर्न पल्केको उक्त कम्नीले ओभर टाईम काममा लगाएको पैसा नदिने , होस्टलमा पानी , विद्युत लगायत दिनु पर्ने सुविधा नदिने र विरामी पर्दा उपचार गर्न जाने अनुमति पत्र नदिने गरेको नेपालीहरु बताउँ छन् ।
   ईस्मारजस्थलका केशव कुँवर सहित शान्तिपुर लगायतका विभिन्न जिल्लाका नेपालीहरुले  नेपाल सरकारबाट गुहार नपाएको भन्दै रुदै यस समाचारदासंग फोन गरी सञ्चार माध्यमले ध्यानकृष्ट गराई दिन आग्राह गरेका छन् । प्रहरीको कुटाईबाट कैयौं नेपाली थला परेको बताईएको छ । कुटाई र चरम यातानाले आफुहरुको मृत्यु नै हुने हो कि भन्ने डरमा रहेको उनिहरुले बताए ।  यस प्रति मलेशियाको नेपाली राजदुतावास गम्भीर नभएको आन्दोलनरत नेपालीहरुको गुनासो । राजदुतावाससंग पटक पटक सम्पर्क राख्दा सम्पर्क हुन सकेन् ।
तस्वीरः उक्त कम्पनी अगाडी  आन्दोलनरत नेपालीहरु




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment