दलित कर्मचारीलाई बाहिर निकालेर दर खाईयो



  
प्रेम सुनार
गुल्मी, भदौं–११ । सरकारी कार्यालय मैं जातिय विभेद हुन्छ भने ग्रामिण समाजमा झन कस्तो होला ? आज छिमेकी जिल्ला पाल्पाको एक सरकारी कार्यालयमा आयोजित दर खाने कार्यक्रममा त्यहाँका दुई दलित महिला कर्माचारीहरुलाई ढोकाबाट बाहिर निकालेर दर खाईएको छ ।
   नेपाल विद्युत प्राधिकरण पाल्पा शाखाले यस्तो जातिय विभेद गरेको हो । प्राधिकरण पाल्पाका सुपरभाईजर कृष्ण रायमाझीले कार्यालयका दुई सहयोगी कर्मचारी देवि नेपाली र रामकुमारी दमाईलाई कार्यालय प्रमुख नवलकिशोर गोईतको कार्यकक्षबाट बाहिर निस्कन लगाएर दर खाई आफुहरु माथी जातिय विभेद गरेको ति दलित महिलाहरुको गुनासो छ ।
   यता आरोपी रायमाझीले भित्र बस्ने कुर्ची नपुगेका कारण  बाहिर पठाएको जिकिर गरेका छन् । दलित महिलाद्धय कर्मचारीहरुलाई हाकिमको ढोका बाहिर जुत्ता राख्ने ठाउँमा बस्न लगाएर दर खान दिएको उनिहरुले बताए । कार्यालय प्रमुख गोईतले भने जातिय विभेद गर्ने नियतले उनिहरुलाई बाहिर नपठाएको दावि गरे । 
  गोईत गुल्मी शाखा प्रमुख रहने बेलामा भने त्यस्तो जातिय विभेद गरेको गुनासो सुनिएको थिएन् । उनि बाहेक त्यहाँका केहि कर्मचारीमा भने चरम रुढीवादी मानिसकता रहेको र  जातिय विभेद गर्ने गरेको गुनासो आएको छ । 


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment