प्रेम सुनार
गुल्मी, भदौ–१५ । युएई दुवईमा कार्यरत गुल्मेलीहरुले सिन्धुपाल्चोक जिल्लाका बाढि पिडितलाई आर्थिक सहयोग गरेका छन् । गुल्मी सेवा समाज युएईले सिन्धुपाल्चोक मांखा गाविसका पिडितहरुलाई २२ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
गत साउन महिनामा जुरे पहाडमा पहिरो गई ठुलो मानविय र भौतिक क्षति भोगेका मांखा गाउँका पिडितहरुलाई गुल्मी सेवा समाज युएईका वरिष्ठ सल्लाहकार नरेन्द्र गिरीले सिन्धुपाल्चोक बाढि पिडित राहत कोष संकलन समितिका अध्यक्ष विदुर न्यौपानेलाई पठाएको त्यहाँबाट सञ्चारकर्मी मानबहादुर कुँवरले जानकारी दिए । दुवईमा कार्यरत गुल्मेलीहरुले ८ सय ५० दिराम संकलन गरेको र नेपाली रुपैयाँ २२ भएको जनाईएको छ ।

0 comments:
Post a Comment