अव तम्घासको फोहरबाट कम्पोष्ट मल बन्ने



प्रेम सुनार
गुल्मी, साउन–१७ । अव देखि गुल्मीको सदरमुकाम तम्घास वजारको घर–घरको फोहरबाट घर–घर मैं कम्पोष्ट मल बन्ने भएको छ । गुल्मी उद्योग वाणिज्य संघको अगुवाईमा यस्तो कार्य हुन गई रहेको हो । यसवाट तम्घास वजारको फोहर व्यवस्थापनमा महत्वपुर्ण निकास निस्कने र कम्पोष्ट मलले घर–घरको कौशी र करेसोवारीमा खेती उत्पादन हुने उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताए । 
गुल्मी उद्योगा वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा गठन भएको कम्पोस्ट मल तथा कौशी खेती व्यवस्थापन समितिले उक्त मल उत्पनदन गर्ने ‘कम्पोष्ट डिन’ नामक सामग्री तम्घास वजारका २ सय ५० घरधुरीलाई आज एक समारोहका विच वितरण गरिएको छ । 
गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली र आयोजक संस्थाका पदाधिकारीले उक्त कम्पोष्ट डिन वितरण गरेका थिए । कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी ज्ञवालीले फोहर व्यवस्थापन र मल उत्पादनबाट घर घरमा तरकारी फलफुल उत्पादन गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए ।
जिल्ला विकास समितिबाट २ लाख, रेसुङ्गा नगरपालिकाबाट १ लाख उद्योग वाणिज्य संघबाट नगद ५० हजार र व्यवस्थापनका साथै उपभोक्ताबाट प्रति घरधुरी १५ सय सहित कुल ७ लाख लागतमा निमार्ण गरिएको कम्पोष्ट डिनमा सय लिटर कम्पोष्ट मल उत्पादन हुने व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । 
क्रमिक रुपमा रेसुङ्गा नगरपालिकाका प्रत्येक घरधुरमा यो कायक्रम लैजान सके देश कै नमुना नगरपालिका बनाउन सकिने सहभागिहरुको जोड थियो । समारोहमा सहभागीहरुलाई जिल्ला कृषि विकास कार्यालयका वालि संरक्षण अधिकृत पर्शुराम अर्याल र उद्योग वाािणज्य संघका कृषि सल्लाहकार दामोदर पोखरेलले कम्पोष्ट मल बनाउनेबारे प्रशिक्षण दिएका थिए । 
कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति भुवनप्रसाद श्रेष्ठ, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, नेपाली कांग्रेसका नगरपालिका प्रतिनिधी खिलद्धवज पन्थी, नगरपालिका कार्यालका प्रतिनिधी गोपालप्रसाद पन्थीको सहभागिता रहे पनि दुई प्रमुख दल नेकपा एमाले र एकिकृत नेकपा माओवादीको भने प्रतिनिधीत्व नरहेको उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेलले बताए ।
यस सम्वन्धमा एमाले सचिव सोमनाथ सापकोटा संग जिज्ञाषा राख्दा आफुहरुलाई जानकारी नै नआएको प्रतिकृया दिए । एकिकृत नेकपा मआवादीका अध्यक्ष सुदर्शन वरालले पनि त्यही प्रतिकृया दिए । अन्य कारण केहि छैन् वरालले भने–‘ खै हामी छौं भन्ने उहाँहरुलाई थाह नभएर हो कि के हो थाह भएन्, हामीलाई जानकारी नै नदिएर हो गएनौं । ’ अखण्ड नेपालका अध्यक्ष नेत्रबहादुर बस्नेत, नेपाल परिवार दलका पशुपति पाण्डे लगायतका साना दलहरुको भने सहभागिता थियो । 
तस्वीरः कम्पोष्ट मल बनाउने कम्पोष्ट डिन घरतिर लैजाँदै तम्घासका महिलाहरु

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment