दुर्गा घायलको सालैजो विमोजन हुँदै

गोकर्ण प्रकास ज्ञवाली, गुल्मी, भदौ १४ । 
चर्चित लोक तथा दोहोरी गायक एवं संचारकर्मी दुर्गा घायलको नयाँ लोकदोहोरी एल्वम सालैजो यही भदौ १६ गते एक सार्वजनिक समारोह वीच गुल्मीको रिडीमा विमोचन गरिने भएको छ । उक्त गीतको अडियो तथा भिडियो एल्वमलाई सभासद एवं कलाकार दिलशोभा पुनले विमोचन गर्ने कार्यक्रम रहेको बताइएको छ । पराईले लग्यो सानीलाइ, भन्छन साराले जस्ता चर्चित लोक दोहोरी गीतबाट सफलता बटुल्दै आएका घायलले पछिल्लो पटक आफ्नै शब्द/स्वरमा रहेको सालैजोलाई सार्वजनिक गर्न लागेका हुन् । गुल्मीको विभिन्न स्थान र विशेष गरि ज्ञवा क्षेत्र आसपासमा छायाङ्कन गरिएको उक्त सालैजो गीतले स्थानिय क्षेत्रमा मात्र नभएर हाम्रो मौलिक संस्कृतिको झल्को दिदै पूरानो सालैजो भाकाको संरक्षणमा टेवा पु¥याउने हुँदा राष्ट्रिय स्तरमा पनि सफल बन्नेमा विश्वत भएको घायल बताउँछन् । अर्जुन कौसलको लय र दुर्गा घायल र टिका पुनको स्वर रहेको उक्त लोकदोहोरी भिडियो गीतलाई मालिका क्रियसन प्रा.ली.ले उत्पादन गरेको हो । उक्त लोकदोहोरी गीत विमोचन लगत्तै संचार माध्यम र अनलाइनमा युट्युव च्यानल मार्फत सार्वजविक गरिने पनि बताइएको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment