तिजमा परम्परागत गहनाको माग बढ्यो



    प्रेम सुनार
गुल्मी, साउन– २८ ।  झण्डै दुई  दशक पछि  यसपालीको तिजमा गुल्मीका महिलाहरुमा परम्परागत गहनाको माग बढेको छ । सुनचाँदी व्यवसायी संघ गुल्मीका अनुसार तिलहरी , जन्तर, क्लिप जस्ता पुराना डिजाईनका गहना यस पालीको तिजको पुर्व सन्ध्यामा किन्न आउने महिलाको संख्या बढेको हो ।
   ‘तिलहरी, जन्तर,  क्लिप र कण्ठ पश्चिम नेपालका धेरै पुराना गहना हुन जुन गहना केहि वर्ष यता कमाउन पनि रहर भई सकेको थियो’–तम्घास भिमचोकस्थित फेमश सुनचाँदी पसलका मालिक चिन्ताबहादुर सुनारले भने–‘ अहिले तिनै गहनाको माग बढेको छ । ’
   उनि ६३ वर्षका भए । उनको वैंस उमेर ताका ति गहनाहरु कमाउन उनि गाउँ गाउँ सम्म पुग्ने गर्दथे । क्लिप, जन्तर कण्ठ श्रीफुल र कल्ली कमाउँदा हातमा ठेला पर्ने अनुभव सुनाउँदै सुनारले थपे–‘सायद अव पुरानै दिनहरु फर्केकी भन्ने महशुस गरेको छु । ’
    उनको पसलमा पुग्दा क्लिप र जन्तर किन्ने महिलाहरु नै बढि थिए । तम्घास देउरालीकी मिरा आचर्यले तिजको गीत नाचमा सवैले क्लिप र जन्तर लगाएको देखे पछि आफुलाई पनि रहर लागेर किन्न आएको बताईन् । भनिन्–‘  सवैले लगाएर नाचेको देखे पछि मलाई पनि रहर लाग्यो र क्लिप अनि मुन्द्रा गरेर १२ हजारका गहना किन्दैछु ।’
    नाम वताउन नरुचाउने  दुविचौर उर्लेनीकी एक महिलाले आफुलाई कानमा झुम्का भन्दा मडवारी नै मन परेको बताईन् । भिमचोक कै शिव पार्वती सुनचाँदी पसलमा दिनको एक वजे सम्म ३ वटा क्लिप बिक्रि भई सकेको बताए ।
    तम्घासको पुरानो सुनचाँदी पसल मध्येको एक आश्था आभुषण सेन्टरका मालिक टोपबहादुर सुनारले पनि पुराना गहनाको माग बढेकोमा खुशी व्यक्त गरे । उनका छोरा बाबुराम सुनारले गत एक महिना देखि क्लिप र जन्तर नै बढि बिक्ने गरेको बताए ।
   भिमचोक कै जय गणेश सुनचाँदी पसलमा पनि पुरानै गहना किन्ने महिलाहरुको भिड थियो । त्यसका मालिक रामु सुनार पुरानै गहना बनाउन व्यस्त भएको बताउछन् । गहनाको डिजाईन कटिङ्ग गर्ने तम्घास साहुटोलस्थित  रेसुङ्गा डाई कटिङ्ग सेन्टर एण्ड अर्जुन सुनचाँदी पसलका मालिक धर्म बिश्वकर्मा पनि तिजमा पुराना गहना कै माग बढेको बताउँ छन् ।
     भिमचोकस्थित शुभ रेसुङ्गा सुनचाँदी पसलका मालिक नारायण वरालले गत एक महिना देखि सरदर दिनको ५० देखि  ७५ हजार सम्मको क्लिप र जन्तर बिक्री हुने बताउँ छन् ।   सुनचाँदी व्यवसायी संघका सचिव समेत रहेका वारालले पुराना गहनाहरुको माग बढे पछि पिता पुर्खाहरुको झझल्को आएको बताए ।
  संघका अध्यक्ष वालकृष्ण बरालका अनुसार सुनको भाउ बढे देखि सिक्री लगायतका नया डिजाईन र बढि मुल्य पर्ने गहनाहरुको बिक्री घटेको बताउ छन् । उनका अनुसार जिल्लामा १ सय ५० भन्दा बढि सुनचाँदी पसलहरु छन् । व्यवसायी संघमा दर्ता भने जम्मा ५५ वटा भएका छन् ।
   बुधवार दिउँसो यो समाचार तयार पार्ने बेला सम्म तम्घासमा छापावाल सुनको मुल्य प्रतितोला ५६ हजार ५ सय थियो । प्रति तोला ५३÷ ५४ हजारबाट एक्कासी ५५ ÷ ५६ हजारमा पुगे पछि व्यापार विगतको यिनी ताका भन्दा घटेको अध्यक्ष वरालले जाकारी दिए ।
   पुराना गहनाहरुको माग बढे पछि सदरमुकाममा जस्तै गाउँका सुनारहरु कहाँ पनि गहना बनाउन जानेहरु बढेका छन् । विगतको तिज ताका नयाँ डिजाईनका गहना सदरमुकामका पसलमा मात्रै राम्रो बन्छ भन्ने मानिसकता बनेकोले सदरमुकाममा अलि भिड हुने गर्दथ्यो ।
  तर अहिले पुराना गहनाहरुको माग बढे पछि ग्रामिण भेगका सुनारहरुले थन्काएका ज्वालहरु पुनःनिकालेर उनिहरुले काम सुरु गर्न थालेका  छन् । पुराना गहनाहरुको माग बढे पछि सदरमुकामको पसल छाडेर प्रताव सुनार इस्मारजस्ल गाउँमा पसल राख्न पुगेका छन्  ।
   गाउँका सुनारहरु विस्थापित भएर बैदेशिक रोजगारमा जाने क्रम बढेका बेला सोही पेशाबाट विस्थापित भई कतार पुगेका बडागाउँ–७ चुँदरीगाउँका हुकुम सुनार त्यहाँबाट फर्केर पुरानै पेशा सम्हालेका छन् । उनले पुराना गहनाहरुको माग बढे पछि गाउँमा काम चल्न थालेको बताउछन् ।
    पछिल्लो चरण निक्लेका  तिज गीत एलवमले मौलिक तिज गीत संस्कृति माथी विकृति ल्याएको आलोचलना आई रहेको बेला त्यसको भिडियोमा परम्परागत  गहनाहरु  लगाएर नाच्ने भएका कारण सकरात्मक प्रभाव परेको पाईएको छ ।   क्लिप, जन्तर र तिलहरी जस्तै अझ पुराना गहना श्रीफुल र कल्ली पनि लगाए नचाईएमा ति लोप भएका गहनामा पनि नयाँ पिढीको रुची बढ्न सक्ने वुद्धिजीविहरु बताउँ छन् ।  तस्वीर तम्घास भिमचोकस्थित शुभ रेसुङ्गा सुनचाँदी पसलका मालिक नारायण बरालले ग्राहकलाई तिनै परम्परागत गहना देखाउँदैं



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment