प्रेम सुनार
गुल्मी, साउन– २८ । नेपाली जन सम्पर्क समिति वेल्जियमले त्यहाँ कार्यरत नेपालीहरुबाट सात लाख रुपैयाँ चन्दा संकलन गरी स्वदेशका द्धन्द्ध पिडितका छोरा छोरी पढाउने भएका छन् ।
वेल्जियमबाट सुभाष गुरुङ्गले पठाएको समाचार अनुसार समितिले गत ११ अगष्टमा वेल्जियमका नेपालीहरु विच भेटटघाट तथा वारक्यु नामक कार्यक्रमको आयोजना गरी सात लाख रुपैयाँ संकलन गरेको हो ।
सहयोग आउने क्रम जारी रहेको र द्धन्द्ध प्रभावित वाल वालिकाहरुको शिक्षा– स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ उक्त रकम संकलन भएको र अव छिट्टै दश लाख रुपैयाँ संकलन हुने लक्ष्य रहेको वेल्जियमबाट समितिका कोषाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।
उक्त कार्यका अलवा नेपालका वाढि पहिरो पिडितहरुको उद्धारका लागि समेत विशुद्ध सामाजिक सेवा भावले सहयोग गर्न समितिका अध्यक्ष सन्तोष जोशी ( सुभाष ) ले वेल्जियममा रहेका नेपालीहरुसंग आग्राह गरेका छन् । द्धन्द्ध पिडित वाल वालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने कार्यक्रमका लागि नेपालमा संस्थागत पहल भैरहेको अध्यक्ष जोसीले जानकारी दिए ।
0 comments:
Post a Comment