अनिल खत्री गुल्मी भदौं ९।
शिक्षक सेवा आयोग २०७० बाट उत्तिर्ण भएका गुल्मी जिल्लाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन । शिक्षा सेवा आयोगले स्थायी नियुक्तिका लागि सिफारिस गरेपनि जिल्ला शिक्षा कार्यलय गुल्मीले नियुक्ति नदिएको भन्दै आयोगबाट उत्तिर्ण शिक्षकहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन । शिक्षक सेवा आयोगबाट २०७० जेठमा सञ्चालित लिखित परिक्षा तथा बिभिन्न मितीमा सञ्चालित अन्र्तवार्ता समेतबाट उत्तिर्ण भै शिक्षक सेवा आयोगले स्थायी नियुक्तिका लागि सिफारिस गरेपनि शिक्षा कार्यलय गुल्मीले बिभिन्न बहानामा आफुहरुलाई नियुक्ति नदिएको आन्दोलनरत शिक्षकहरुले बताएका छन । उनीहरुले आईतबार ,जिल्ला शिक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा समितीका सयोजक समेत रहेका स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाएर जानकारी गराएका थिए । आइृतबार ज्ञापन पत्र बुझाएका शिक्षक सेवा आयोग उत्तिर्ण शिक्षक सघर्ष समिती गुल्मीले सोमबार जिल्ला शिक्षा कार्यलय गुल्मीमा धर्ना समेत दिएका छन । समितीले छिटो भन्दा छिटो स्थायी नियुक्ति दिई आफुहरुको बृत्तिविकास तथा हजारौ बिद्यार्थीहरुको भविष्यमाथी खेलवाड नर्गन समेत आग्रह गरेको शिक्षक सेवा आयोग उत्तिर्ण सघर्ष समितीका सयोजक बिष्णु प्रसाद पाण्डेले बताउनुभयो ।
हामीले शूरुमा शान्तिपुर्ण र दवावमुलक आन्दोलनका कार्यक्रमहरु अगाडि सारेर आन्दोलनमा उत्रिएका छौ सयोजक पाण्डेले भन्नुभयो “ जिल्ला शिक्षा कार्यलय गुल्मीले स्थायी नियुक्ति दिन अव पनि ढिलाई ग¥यो भने शसक्त आन्दोलनमा जान्छौ ।” उनीहरुले जिल्ला शिक्षा कार्यलय गुल्मीले आफुहरुलाइृ स्थायी नियुक्ति नदिएसम्म जिल्ला शिक्षा कार्यलय गुल्मीमै धर्ना लगायतका बिभिन्न बिरोधका कार्यक्रमहरु गर्ने जनाएका छन । यता लामो समयदेखि जिल्ला शिक्षा कार्यलय गुल्मीमा जिल्लाको शिक्षा क्षेत्रको भएको अनियमितता सम्बन्धि बिभिन्न सघं सगंठनहरुले आन्दोलन गरेपछि शिक्षा कार्यलयको काम प्रभावित भएको छ । अघिल्ला जिल्ला शिक्षा अधिकारी साउन ४ गते काठमाडौबाटै गुल्मी जिल्ला नर्फर्केर भर्खर मात्र अर्का जिल्ला शिक्षा अधिकारी गुल्मीमा आएका छन । आन्दाोलनकारीहरुले आन्दोलन तिब्र पारेपछि जिल्लाको शिक्षा क्षेत्रमा भएको अनियमितता लगायत आन्दोलनकारीहरुले उठाएका मागको समाधान गर्न अहिले गुल्मीमा ७ सदस्य कार्यदल गठन भएको छ । आइृतबार गठन भएको कार्यदलले समस्या समाधान गर्न सोमबार बैठक बसिरहेको छ ।
0 comments:
Post a Comment