राम सुवेदी, बुर्तिबाङ भदौ ९।
बागलुङ्ग को बुर्तिबाङ क्षेत्रमा तरकारी खेति किसानहरुका लागि व्यवसायिकिकरण बन्दै छ । बुर्तिबाङ तथा यस आसपासको किसानले खासगरी गोलभेंडा, काउली बन्दा, भण्टा र तितकरेलालाई व्यवसायिक रुपमा खेति गर्न थालेकाछन् । जस्ले उनीहरुको जिविकोपार्जनमा सहायता पुगेको कृषकहरुले बताएकाछन् । बुर्तिबाब गाउँ विकास समिति वडा नं. ७ विगत २०६५ साल यता आफ्नो बारीमा आलु, गोवि, टमाटर र केराखेतिबाट राम्रो आम्दानी गर्दै आएको त्यहाका किसान टिकालाल घिमिरेले बताउनुभयो । घिमिरेले अहिले प्लाक्ष्टिकको टर्नेलमा गालभेंडा खेति गर्नुभएको छ भने, साथमा काउली बन्दा तथा केरा खेतिबाट वार्षिक ३ लाख आम्दानी गर्दै आएको बताउनुहुन्छ । यहाँले यस वर्ष तरकारी खेतिमा १ लाख ५० हजार लगानी गर्दै आउनुभएको बताउनुभएको छ । यस्तै सोही स्थानमा विगत २०६६ साल यता तरकारी खेतिनै गदैै आएका अर्का तरकारी कृषक चन्द्रलाल भुसाल पनि प्लाष्टिक टर्नेलमा गोलभेंडा तथा काउली बन्दा अदुवा खेति गर्दै आएको बताउनुहुन्छ । अहिले उहाँले दुईवटा प्लाष्टिक टर्नेलमा गोलभेंडा लगाउनुभएको छ एउटा टर्नेलबाट वार्षिक ५० हजार देखि ५५ हजारसम्म आम्दानी हुने उहाँको भनाई छ । भुसालका अनुसार यस वर्ष अघिल्लो वर्षमा भन्दा गोलभेंडाको भाउ नपरेको बताउनुहुनछ । अहिले बुर्तिबाब आसपासका धेरैले टर्नेलमा गोलभेंडा लगाएकाछन् सबैको टनेर्लमा एकैपटक गालभेंडा पाकेकाले बजारभाउ घटेको उहाँ बताउनुहुन्छ । भुसालले भन्नुहुन्छ, अघिल्लो वर्ष यो समयमा गोलभेंडाको भाउ किलो को ९० देखि १०० थियो भने अहिले किलोको ४०मा बेच्नस पर्छ । ’ त्यही पनि बजारमा आफे लैजानु पर्ने बाध्यता छ, व्यापारीले तल्लो छेउँ पारेर पर्गल्छन् भुसाल यस्तै गुनासा गर्नुहुनछ । भ्सालल अहिले तरकारी खे तिमा ८० हजार लगानी गर्नुभएको छ, वार्षिक १ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखेको उहाँको भनाई छ । गाउँ धेरै मान्छे अहिले परम्परागत कृषि पेशा भन्दा पनि व्यवसायिककिकरण तर्फ उन्मुख भइरहेकोवेला सोही स्थानमा पूरानो परम्परागत कृषि पेशालाई छाडेर आधुनिक व्यवसायिक पेशा अगाल्न बताउनुहुन्छ, स्थानीय टेकलाल पाण्डे । उहाँले पनि पनि यतिवेला पलाष्टिक टर्नेलमा गोलभेंडा खति सुरु गरेको बताउनुहुन्छ । पाण्डे यसै वर्षदेखि व्यवसायिक रु पमा तरकारी खेति थाल्नुभएको हो । पहिलो वर्ष भएर अपहले ५० हजारको लगानी गरि एउटा टर्नेल निर्माण गरेको र विस्तारै अन्य तरकारी वाली गर्दै जाने बताउनुभयो । उहाँले तत्काल काउली बन्दा लगायतका वाली लगाउने तयारी गरिरहे को बताउनुभएको छ । यता बुर्तिबाब बजार नजिक पनि अधिकारचिौरका तीन युवाले करिव ३ लाखको लगानीमा टर्नेलमा गोलभेंडा खेति गर्दै आएकाछन् । नेपाल सरकारको युवा स्वरोजगार कोषको सहायता ऋण लिएर उनीहरुले यो पेशा सुरु गरेको बताएकाछन् । टिमका लिडर धिरेन्द्र घर्तिका अनुसार, बुर्तिबाङ् स्थित बुर्तिबाब बचतख तथा ऋण सहकारी संस्था लिबाट २ लाख ऋण तथा आफ्नो १ लाख गरि तीन लाखको लगानीमा यो पेशा चलाएको बताउनुभएका छ । उहाँले भन्नुभयो - वार्षिक ३५ हजारमा ५ रोपनी जग्गा लिएका छौं, गाउँमा यत्तिकै बसेका दुई दाजु भाई सँगै मिलेर यो पेशा चलाएका छौं । गएको साउन महिनाको सुरु देखिनै उहाँले उत्पादन हुँदै आएको गोलभेंडा व्यापार गर्दै आएको बताउनुहुनछ । उहाँले मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्न सकिने लक्ष्यका साथ वाँकी जग्गामा काउली बन्दा लगाउने तयारी गरिर हेको बताउनुभएको छ । बुर्तिबाब सामतका यि कृषक जस्तै यस आसपास खुँगा, अधिकार चिारु, बोबाब, बोब्गादोभान, दविस्थान, बोहोरागाउँ, दर्लिब भिमगीठे आसपासमा अन्य किसानहरु पनि प्लाष्टिक टर्नेलमा गोलभेंडा खेति गरिरहेका छन् । हरेक वर्षयाम सँगै बुटवलबाट बुर्तिबाबमा निर्यात हुने र यहाँ खपत हुने गोलभेडाको मुल्य अहिले हिँदको भन्दा निकै कम छ ।
0 comments:
Post a Comment